MENU

प्रश्न उत्तर

स्नातक पास गरेर कम्प्युटर जानेको मान्छेले कुन देश जान पाउँछ र कस्तो काम पाउँछ ?

आनन्द पोख्रेल

प्रश्न – म रोजगारीका लागि विदेश जान चाहन्छु । तर कुन देश जाने भन्नेबारे अन्योलमा छु । मैले विए पास गरेको छु । कम्प्युटरमा अफिस, पेजमेकर र फोटोसप चलाउन जानेको छु । अरु सीप भने छैन । मैले कुन देश गए राम्रो होला ?


उत्तर : बलबहादुर तामाङ, अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ – उहाँले आफूले जति पनि सीप सिक्नु भएको छ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा इमेल गर्न सक्नुहुन्छ ।

र लाइसेन्स प्राप्त जुनसुकै संस्थाबाट पनि उहाँ जान सक्नुहुन्छ । उहाँले पढेको पनि हुनुहुन्छ अनि कम्प्युटरमा पनि उहाँको ज्ञान रहेछ । उहाँले अफिसियल तथा सुपरमार्केटहरुमा भित्री काम पाउनुहुन्छ । उहाँको अँग्रेजी भाषा चाँही राम्रो हुनुपर्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।