MENU

प्रश्न उत्तर

नेपालमा हेल्थ असिस्टेन्ट पढेको मान्छले विदेशमा काम गर्न जान पाउँछ कि पाउँदैन ?

सन्दिप लिम्बु

प्रश्न :  नेपालमा तीन वर्षे हेल्थ असिस्टेन्ट कोर्श पढेको मान्छेले विदेशमा गएर नर्स भएर अथवा पारामेडिक्स भएर काम गर्न पाउँछ कि पाउँदैन ? पाउँछ भने कहाँ सम्पर्क गर्नुपर्छ ?


उत्तर : बलबहादुर तामाङ, अध्यक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - खाडी मुलुकमा हस्पिटलमा काम गर्न उहाँले पाउनुहुन्छ । उहाँले आफ्नो डकुमेन्ट मेरै संस्थामा अथवा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयमा पठाउनु भयो भने हामी विभिन्न व्यवसायीहरुकोमा पठाइदिन्छौं । उहाँले आफ्नो योग्यता अनुसार खोजेको काम पाउनुहुन्छ ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।