MENU

प्रश्न उत्तर

म्यानपावरमा बुझाइएको रकम फिर्ता लिन सकिन्छ कि सकिंदैन ?

अम्बर देवान

प्रश्नः मेरो एक आफन्त (महिला) हाल साउदी अरेबियामा सरसफाई कामदारमा क्रियाशील छिन्। करीब ३ मिहना अघि उनलाई वैदेशिक रोजगारमा पठाउदा दलाल मार्फत ६० हजार रुपयाँ म्यानपावरमा वुझाएको रसिद मसँग छ। फ्रि भिसा तथा टिकटको व्यवस्था हुँदाहुँदै भारी रकम लिएकोमा अव उक्त बुझाइएको रकम फिर्ता लिन सकिन्छ कि सकिंदैन ? यदि सकिन्छ भने प्रक्रिया के हुनसक्छ ?


उत्तरः अम्बर जी, पिपुल फोरममा आवद्ध अधिवक्ता मन्जु सुवेदीका अनुसार तपाईंसँग म्यानपावरलाई बुझाएको रसिद छ भने म्यानपावर विरुद्ध काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा रकम बुझाएको प्रमाणसहित उजुरी दिन सक्नुहुन्छ। त्यसका लागि तपाईंको आफन्तले फर्किएर उजुरी दिन पनि सक्नुहुन्छ। नभए प्रमाण पुर्‍याएर तपाईंको आफन्तको परिवारले पनि उजुरी दिन सक्छन्। प्रमाण पुगेमा वैदेशिक रोजगार विभागले छानविन गरी पैसा फिर्ता गरिदिन्छ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।