MENU

प्रश्न उत्तर

दाग हटेपछि म विदेश जान पाउँछु ?

राजु श्रेष्ठ/ मोरङ

प्रश्न: मैले दुवई जान मेडिकल गरेको छु। मेडिकलमा छातीमा दाग देखिएको छ। यो चिसो र धुँवा धुलोका कारणले हो भनिएको छ। त्यो दाग तत्काल औषधी खाएर हटाउन सकिएला ? दाग हटेपछि म दुवई जान पाउँछु ? उता पुगेपछि फेरी यो समस्या देखियो भने के होला ?


उत्तर: सुरेश पौडेल, केन्द्रीय प्रतिनिधि, नेपाल स्वास्थ्य व्यवसायी महासंघ – राजु जी यसलाई दाग भन्दा पनि प्लुरल थिकेनिङ भनिन्छ। फोक्सोमा पानी जम्ने समस्या हो। यसको तपाईंले आफै पनि उपचार गर्दा राम्रो हुन्छ। चिसोबाट बच्ने, सुख्खा खानेकुरा नखाने, झोल भएको खानेकुरा खाने, पानी धेरै पिउने, धुँवा धुलोमा ननिस्कने, निस्कनै परे मास्क लगाउने। यसो गरे तपाईंको समस्या आफै हल हुन्छ। तपाईंलाई छिटै सञ्चो हुनु छ भने डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्न सक्नु हुन्छ। यहाँ मेडिकल जाँच गर्दा फिट हुने, विदेशमा गर्दा अनफिट हुनुभयो र फर्कनु पर्यो भने तपाईंले सम्बन्धित मेडिकल संस्थाबाट क्षतिपुर्ति पाउनु हुनेछ। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।