MENU

प्रश्न उत्तर

छातीमा दाग देखिएमा रोजगारीका लागि विदेश जान पाइन्छ कि पाइदैन ?

दिनेश कार्की/ गुल्मी

प्रश्न: म वैदेशिक रोजगारीमा जान चाहन्छु। मेरो छातीमा अझै पनि ट्युबरक्युलोसिसको दाग छ। मैले ‌औषधि पूरा गरी सकेको छु। म विदेश जान पाउँछु कि पाउँदिन होला ?


उत्तर: कैलाश खड्का, अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी महासंघ - एक्टिभ टिबीको दाग हो भने त्यसको लागि औषधि नै खानु पर्ने हुन्छ। यसको लागि डाक्टरसँग परामर्श लिनु होला। क्षयरोगकै दाग हो भने जान मिल्दैन। क्याल्सिफिकेसन हो भने चाहि केहि देशहरुमा जान पाइन्छ। कतार, युएई, मलेसिया नजाँदा नै राम्रो। उनीहरुले हल्का स्कार, स्पट देख्दा पनि मेडिकल अनफिट भनेर फिर्ता पठाउछन्।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।