MENU

प्रश्न उत्तर

वैदेशिक रोजगारीमा जानुअघि तालिम दिने संस्था कुन कुन हुन् ?

बलबहादुर साउद /अछाम

प्रश्न : मैले विदेश जाने सोच बनाएको छु । तर केहि सिप सिकेको छैन् । अनि, रोजगारीका लागि विदेश जान कहाँ सम्पर्क गर्न सकिन्छ ?


उत्तर : विदेश जानुअघि सिप सिकेर मात्रै गए काम र कमाई राम्रो हुन्छ । सिप सिकाउने संस्थाका काठमाडौंका साथसाथै विभिन्न जिल्लाहरुमा पनि खुलेका छन्। त्यसैले सिप सिक्न त्यहाँ गएर सम्पर्क गर्नुहोला। ती संस्थाहरु यो लिङ्कमा गएर हेर्न सकिन्छ। http://fepb.gov.np/downloadfile/LOI%20Result_1452595536.pdf

नि:शुल्क तालिमको लागि तपाईंले एफ-स्किल भन्ने संस्थामा सम्पर्क गर्न सक्नु हुन्छ। यो संस्थाले वैदेशिक रोजगारीमा जानेलाई नि:शुल्क तालिमको व्यवस्था गरेको छ। फोन : ०१ ५५५५३०१, ५५२४६४८ इमेलः  fskill@fskill.org.npmail.fskill@gmail.com

त्यस्तै, विदेश जानका लागि सरकारले ७ सय ५४ वटा म्यानपावर कम्पनीलाई इजाजत दिएको छ। सिधै म्यानपावर कम्पनीमार्फत विदेश जाँदा पुरुष होस् वा महिला, उनीहरुको काम र कमाई राम्रो हुन्छ। दलालको भर पर्नु हुन्न। दलालले एउटा काम भनेर अर्को काममा पठाउन सक्छन्। त्यसैले सचेत हुनुहोस। 

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।