MENU

प्रश्न उत्तर

करार अवधि पूरा नभई नेपाल आउनुपर्यो भने क्षतिपूर्ति पाइन्छ ?

एल एक्स चौधरी, राजापुर, बर्दिया

प्रश्न : मेरो साथी साउदी गएको दुई महिना भयो। तर कम्पनीले नेपाल फर्काउने कुरा गरिरहेको रहेछ। उहाँले म्यानपावरलाई ८५ हजार रुपैयाँ तिरेर साउदी जानुभएको हो। करार अवधि पूरा नभई नेपाल आउनुपर्यो भने क्षतिपूर्ति पाइन्छ ?


उत्तर : एलएक्स जी, विदेशमा कम्पनी बन्द हुनु कामदारको दोष होइन। त्यसैले म्यानपावरविरुद्ध उजुरी गरेर क्षतिपूर्ति लिन सकिन्छ। अहिले तपाईंका साथी विदेशमा नै हुनुहुन्छ भने उहाँका आफन्तले पनि वैदेशिक रोजगार विभागमा उजुरी दिन सक्छन्। उहाँ नेपाल फर्किसक्नुभयो भने पनि उजुरी दिए फरक पर्दैन। काठमाडौंमा पिपुल फोरमले निःशुल्क कानूनी सहायता दिन्छ। फोरममा सम्पर्क गरेर प्रक्रिया अघि बढाउन सकिन्छ।

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।