MENU

प्रश्न उत्तर

नि:शुल्क सिप सिकाउने संस्था कुन होला ?

गोपाल खत्री/ओखलढुङ्गा

प्रश्न : म सिप सिकेर वैदेशिक रोजगारीमा जान चाहन्छु । त्यसको लागि नि:शुल्क सिप सिकाउने संस्था भए जानकारी दिनुहुन अनुरोध छ ।


उत्तर : सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने तपाईंको निर्णय राम्रो लाग्यो । यसले तपाईंको काम र कमाई राम्रो हुन्छ  ।  नि:शुल्क तालिमको लागि तपाईंले एफ-स्किल भन्ने संस्थामा सम्पर्क गर्न सक्नु हुन्छ । यो संस्थाले वैदेशिक रोजगारीमा जानेलाई नि:शुल्क तालिमको व्यवस्था गरेको छ । फोन : ०१ ५५५५३०१, ५५२४६४८ इमेलः  [email protected][email protected]

प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने desh@unn.com.np मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।