मेरो कथा मेरो भोगाई
‘अनपढ गवाँर भनेर विदेशमा गाली सुन्नु भन्दा अलि अलि अंग्रेजी जान्नुपर्ने रहेछ’
- Friday, May 11, 2018
- 14:32 PM (2 years ago)
- Total Views: 1.3 K
सुवास गिरी/मलेसिया ।
रोजगारीका लागि विदेश पुगेका धेरैजसो नेपाली दाजुभाइ लेखपढ गर्न नजान्ने देखेँ । यही कारण विदेशमा नेपाली कामदार हेपिने रहेछन् । अनि सीप नजान्दा त झन धेरै हेपिनुपर्छ । धेरै नभएपनि अलि अलि अंग्रेजी लेख्न र बोल्न जान्नुपर्ने रहेछ ।
कति ठाउँमा नेपालीले नेपालीलाई नै हेपेको देखेको छु । म पनि धेरै त पढेलेखेको छैन । तर पनि अलि अलि पढेको अहिले काम लागेको छ ।
अस्ति एक जना नेपालीलाई भेटेँ । उहाँले भन्नुभयो, पैसा कमाउने लोभमा यहाँसम्म आइयो, लेख्न पढ्न पनि आउँदैन । त्यसमाथि काम पनि जानेको छैन । त्यसैले साहुले दिनहुुँजसो गाली गरिरहेका हुन्छन् । भारतमा पहिले बस्नुभएको रहेछ उहाँ । हिन्दी जानेकाले रासन पसलमा सजिलो भएको रहेछ ।
कानुन नजान्दा पनि धेरै नेपालीले दुःख पाएका छन् । काम पनि बिहानैदेखि साँझसम्म गर्नुपर्छ । त्यो पनि कहिले भोकै, कहिले अनिदै । त्यसमाथि तलब कम आउँदा मन अतालिन्छ ।
नेपालमा यसरी नै काम गरेको भए धेरै प्रगति गर्न सकिन्छ । विदेश आउँदा लाग्ने खर्च लगानी गरेको भए आफ्नै परिवारसँग रहेर केही गर्न सकिन्थ्यो । जति काम गरेपनि कहिल्यै देख्दैन साहुले । सानो गल्तीमा पनि धेरै गाली गर्छ ।
त्यसमाथि नेपाली दाजुभाइ नै धुर लाग्छन् । ती साथीले भन्नुभयो, लेख्न नजान्ने अनपढ गवाँर भनेर गाली गर्छन् । तै पनि सहेर काम गर्नु परेको छ ।
मेरो कथा मेरो भोगाई
तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।
विशेष
समाचार
-
रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर
काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।
-
फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए
उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ् १६ – युएईको सारजाहमा गएको तीन महिनादेखि अलपत्र १० जना नेपाली कामदार आज नेपाल फर्किएका छन् ।
-
‘सय ग्राम सुन ल्याउन पाइन्छ, तर भन्सार तिर्न पर्दैन भन्ने नसोच्नुस्’
काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो ।
-
आत्मनिर्भर, व्यावहारिक शिक्षामा सरकारकाे प्राथमिकता : प्रधानमन्त्री
काठमाडाैं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
काम लाग्ने संघ सस्था
- मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) More
- श्रम तथा रोजगार मन्त्रालय More
- प्रवासी नेपाली समन्वय समिति More
- नेपाली दुतावास, मलेशिया More
रेडियो कार्यक्रम
-
देश परदेश अंक ३०९
कार्यक्रम देश परदेशको अंक ३०९ वित्तिय साक्षरता कक्षापछि फेरिएका परदेशीका परिवारमा केन्द्रित छ । आज भ...
Download Podcast -
देश परदेश अंक ३०८
Download Podcast -
देश परदेश अंक ३०७
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस