• आफ्नो कथा, तस्बिर र भिडियोहरु पठाउनुहोस्

    तपाईं कामका सिलसिलामा नेपाल बाहिर हुनुहुन्छ वा विदेशमा काम गरी फर्किनु भएको हो भने तपाईंको परदेश बसाईको अनुभव पठाउन आग्रह गर्दछौं । तपाईंले आफ्नो तस्बिर सहित पठाउनु भएका सामग्री हामी यहाँ राख्छौं । यसैगरी तपाईंले खिचेका सुन्दर र रोचक तस्बिरहरु तथा भिडियो पनि desh@unn.com.np मा इमेल गर्नुहोला । तस्बिर तथा भिडियो पठाउँदा आफ्नो नाम, हाल तपाईं बस्नुभएको ठाउँ, नेपालको ठेगाना र तस्बिर वा भिडियो कहिले, कहाँ खिच्नु भएको हो भन्ने जानकारी सहित पठाउनु होला । 

  • ​लगानी गर्न लगन कुर्नु पर्दैन

    सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन भने केहीले सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन । सम्पन्नता प्राप्त गर्नका लागि धेरै कुराले प्रभाव पार्दछ ।  ती धेरै कुराहरु मध्ये व्यक्तिको सोच र लगानीको शुरुवात पनि महत्वपूर्ण हुन्छ । व्यवसायिक लगानीको शुरुवात गर्नका लागि बचत, जोखिम र यसका आयामहरुलाई बुझ्ने क्षमताले सफलता निर्धारण गर्न सहयोग पुर्‍याउँछ । त्यस्ता सोचहरुलाई यहाँ केलाउने प्रयास गरिएको छ ।  मानिसका खर्च गर्ने व...

  • ​परदेशीका श्रीमतीलाई दोषी देख्ने कहिलेसम्म ?

    एक महिलालाई कुटपिट भयो । घरबाट निकालियो । दुव्र्यवहार भयो । घरमा सम्मान पाइनन् भन्ने सुन्नुभयो भने तपाईं के सोच्नुहुन्छ ? धेरैलाई लाग्न सक्छ महिला नै गलत हुन् । अझ अहिले सामाजिक सञ्जालमा श्रीमान विदेशमा यता श्रीमतीले रमाइलो गरिन, दोस्रो बिहे गर्ने बढे भन्ने जस्ता अनेक समाचारका शिर्षक भेटिन्छन् । महिलाहरुकै कारणले समस्या निम्तियो, उनीहरु त्यस्तै हुन्छन् भन्ने सोच आज हैन समाजमा  हिजैदेखिको हो ।  श्रीमान् परदेश गएपछी श्रीमतीलाइ हेर्ने दृष्टिकोण फरक भइहाल्छ । जाने बुझेका मान्छेले नै फर...

  • छोरा विदेश पठाए साहु धनी, गाउँघरमै दुःख गरे आफैं धनी

    मेरा चार जना छोराछोरी छन् । छोरी अहिले १० कक्षामा पढ्छिन् । तीन छोराले चाहिँ पढ्न भन्दा पनि कमाउन तिर ध्यान दिए । त्यसैले ऋण काढेर तीन जनालाई नै विदेश पठाएँ । छोरा मेरा तर उनीहरुले विदेशमा गरेकाे दु:खले साहु धनी भए ।  सय कडा तीनको ऋण तिर्दा तिर्दै छोराहरु फर्किने बेला भैहाल्ने । घर त जस्ताको तस्तै । विदेशको कमाइ खहरे खोलाको भेल जस्तै हुने रहेछ ।  केही समयअघि हाम्रो गाउँमा एउटा कक्षा हुने भयो । बुढेसकालमा हामीजस्तालाई पढाउने कक्षा कस्तो होला भन्ने लाग्यो सुरुमा सुन्दा त । छोराहरुलाई...

  • मलेसियामा महाथिर नेतृत्वको सरकार : नेपाली कामदारलाई फाइदा

    जुन हिसावले बंगालादेशी कामदारलाई मलेसियाका एजेन्सीले भर्ती गर्ने गरेको छन्, नयाँ सरकार त्यसको विरुद्धमा जान्छ ।  नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदको विगत हेर्ने हो भने यसो भन्न सकिन्छ । अनवर इब्राहिमलाई २ वर्षपछि  प्रधानमन्त्री बनाउने सम्भावना धेरै छ । उनी जेलमुक्त पनि भइसकेका छन् । बंगलादेशी कामदार भर्ती गर्ने विपक्षमा अनवर पनि छन् । बंगलादेशी कामदारले मलेसियाको सामाजिक संरचनामा खलल पारेका उनीहरुले ठहर गरेका छन् ।  साथसाथै बायोमेट्रिक पनि खारेज हुने सम्भावना छ । निवर्तमा...

  • परदेशीका परिवारलाई समूह मनोपरामर्श किन आवश्यक छ ?

    रोजगारीका लागि विदेश जानेहरु दिनहुँ बढिरहेका छन् । २/४ वर्ष परिवारसँग टाढा भएर कमाउँला र  सुखले बसौंला भन्ने सपना लिएर परदेशिने र उनीहरुका परिवारको अवस्था सधैं राम्रो हुन्छ भन्ने हुँदैन । टाढा हुँदा समान बुझाइ हुन नसक्नु, शंका उत्पन्न हुनु, भावना नबुझ्न नसक्नु, ऋण हुनु, सोचे जस्तो कमाइ नहुनु जस्ता विभिन्न कारण विदेशमा हुने र परिवारमा मानसिक समस्या हुन सक्छ । व्यक्तिमा हुने सोच, भावना र व्याबहारमा आउने नकारात्मक असर नै मनोसामाजिक समस्या हो । विषेश गरी वैदेशिक रोजगारमा श्रीमान्, श्रीमती व...

  • ​प्रविधिले पनि जोड्न नसकेको घरदेशी र परदेशीको मन

    अहिले म साउदीमा छु । कमाएर ल्याउछु भनेर घरबाट विदा त भएँ तर पराइदेश सोचेको जस्तो चाहिँ नहुँदो रहेछ । विदेश आइयो । न यहाँ आफन्त छन् न त कुरा बुझिदिनेहरु । मनका कुरा कोसँग सुनाउनु । दिनरात नभनी काम गर्दाको थकाइ त छँदैछ । त्यसमाथि सुख दुःख साट्न नपाउँदा झनै गाह्रो हुने रहेछ । मेरो भोगाइ यस्तै छ ।  हिजोआज सञ्चारमाध्यमले टाढा हुनेलाई पनि नजिक त बनाएको छ । तर यस्ता माध्यम सधै पर्याप्त हुँदो रहेनछ । इन्टरनेटले अनुहार हेरिहेरी कुराकानी गर्न मिल्ने त भयो तर मेरो गाउँमा यस्तो कुरा सम्भव छैन् । घर...

  • ‘अनपढ गवाँर भनेर विदेशमा गाली सुन्नु भन्दा अलि अलि अंग्रेजी जान्नुपर्ने रहेछ’

    रोजगारीका लागि विदेश पुगेका धेरैजसो नेपाली दाजुभाइ लेखपढ गर्न नजान्ने देखेँ । यही कारण विदेशमा नेपाली कामदार हेपिने रहेछन् । अनि सीप नजान्दा त झन धेरै हेपिनुपर्छ । धेरै नभएपनि अलि अलि अंग्रेजी लेख्न र बोल्न जान्नुपर्ने रहेछ ।  कति ठाउँमा नेपालीले नेपालीलाई नै हेपेको देखेको छु । म पनि धेरै त पढेलेखेको छैन । तर पनि अलि अलि पढेको अहिले काम लागेको छ ।  अस्ति एक जना नेपालीलाई भेटेँ । उहाँले भन्नुभयो, पैसा कमाउने लोभमा यहाँसम्म आइयो, लेख्न पढ्न पनि आउँदैन । त्यसमाथि काम पनि जानेको छैन । त्...

  • काममा पेलाई र गाली सुनेपछि लाग्यो, विदेशमा काम गर्न शाखा सन्तान नजाउन

    आजभन्दा ५ वर्ष अगाडि म रोजगारीका लागि युएई गएको थिएँ । त्यसबेला मेरो उमेर १९ वर्ष थियो । घरमा आमाबाले विदेश नजाउ, पढ भन्दा पनि म धेरै र छिट्टै पैसा कमाउने सपना बोकेर युएई पुगेको हुँ । पैसा कमाएर बाआमालाई सुखसँग राख्ने रहर पनि थियो ।  जब म युएईको एयरपोर्टमा झरेँ, त्यसैबेला मेरा सपना चकनाचुर भएजस्तो लाग्यो । फर्केर नेपाल टेक्न पाउँदिन झैं मनमा लाग्यो । एयरपोर्ट बाहिर कम्पनीको मान्छे लिन आएका रहेछन् । म सहित सात जनालाई गाडीमा लिएर कम्पनीको अफिसमा लग्यो ।  पाँचतारे होटलमा खाना सर्भिस गर्...

  • यात्रु नपाएपछि सुमो चालकको यस्तो रीस, गाडी बेचेर विदेश जान्छु

    चैत ९ गते सर्लाही जानुपर्ने थियो । सुमोमा फोन गरेर टिकटको बारेमा बुझें । सुमोका मान्छेले भने ‘सात नम्बर सिट मात्रै बाँकी छ ।’ सुमोमा त्यो पनि लास्टको सिट । नाक खुम्च्याउँदै हुन्छ राखिदिनुन भनें । नाम र नम्बर पनि दिएँ । भोलिका लागि त्यो सिट मेरै लागि भयो । ९ गते बिहान झोला बोकेर बल्खु पुगें । चोकमा ओर्लन नपाउँदै एकजना ब्यागै समात्न आइपुगे । कहाँ जाने हो ? यता सिट खाली छ ।  ‘सर्लाही जाने हो,’ मैले भनें । अलिक ठूलो ब्याग बोकेर हिँड्ने बित्तिकै सिट खाली छ भन्दै आएका ...

  • परदेशीका आमाले बुहारीलाई ‘पख न’ भन्ने होइन माया गर्नुपर्छ

    म अहिले  ५० वर्षको भएँ । मेरो श्रीमान र श्रीमान पनि तीन छोरा अनि तीन छोरी छोरी छन् । एक छोरा र एक छोरी विदेशबाट भर्खरै आएका छन् । उनीहरु धेरै विदेशमै छन् । व्यवहार आफूले धाने पनि मनमा ढुक्क चाहिँ हुँदैन । मेरो छोरो बाहिर छ । बुहारी काठमाडौंमा बस्छिन् । उनलाई अहिलेसम्म मैले ठूलो स्वरमा गाली गरेको छैन । उनलाई नानी छोराले पठाएको पैसा सही ठाउँमा खर्च गर । जोगाउनु पनि पर्छ भनेर सम्झाउँछु । के के कुरामा खर्च गर्छौ त्यसको लेखाजोखा राख भन्छु । अनि मलाई पनि अलिकति पैसा तिम्रै हातले पठाइद...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More