MENU

आफन्त, साथीभाइलाई सन्देश

  • देशमै काम गरौं

    पठाउनेः जिबन शर्मा पाउनेः हेमलाल आचार्य, ठाकुरद्वारा/बर्दिया

    म खाडीमा दैनीक १५ धण्टा गाह्रो काम गर्छु तर अर्काको देश बिकास गरीरहेको छु । त्यसैले सबैले पहिला देशको बारेमा सोचौं । देशमै काम गरौं । देशको बिकास गरौं ।
  • आदरणीय बुबा आमा साष्टाङ्ग डण्डवत्

    पठाउनेः देबेन किशोर अन्जान, दोहा कतार पाउनेः बुबा आमा, रानीगाउँ ४, पाँचथर

    हजुरहरु लगायत मेरो छरछिमेकमा धेरै धेरै सम्झनाका लहरहरु साथै साथी-भाइहरुमा अन्तरहृदयबाटै मायाका सौगातहरु । यहाँ त म आरामै छु त्यहाँ पनि आरामै हुनुहुन्छ भन्ने पूर्ण आशावादी छु । आराम रही कुशलताको कामना गर्दै ओझेल पर्न चाहान्छु ।

  • छोरीलाई माया

    पठाउनेः सीता सिग्देल पाउनेः सुमी सिग्देल, सिन्धुपाल्चाेक

    छोरी सुमी तिमीलाई धेरै माया र सम्झना । 

    तिम्रो याद सधै आउँछ । म छिट्टै तिमिलाई भेट्न आउनेछु । तिम्रो लागि थुप्रै उपहार पनि किनेर राखेको छु ।

    सधै तिमीलाई माया गर्ने अामा,

    हाल, इजरायल

  • भाइलाई सम्झना

    पठाउनेः सुशीला राई पाउनेः बिशाल राई

    साउदी अरबको रियादमा काम गर्ने मेरो भाइ बिशाल राईलाई धेरै धेरै सम्झना । घरमा सबैजना आराम रहेको र आफ्नो खयाल राख्न अनुरोध गर्दछु । सुशीला राई, खोटाङ

  • ल्होसारको शुभकामना !

    पठाउनेः प्रविन गुरुङ पाउनेः अमृत गुरुङ

    आउदै गरेको ल्होसारको मेरो बा आमा साथ साथै सम्पुर्ण साथीहरुमा शुभकामना व्यक्त गर्न चाहान्छु । साथै आफु सकुशल रहेको पनि जानकारी गराउन चाहान्छु । प्रविन गुरुङ, बाग्लुङ (हाल ओमान)

  • नेपालमा बस्नुहुने मेरो बुवा ममि अंकलहरु अनि गाउघरका सम्पूर्ण इष्टमित्रमा मेरो सम्झना ।

    पठाउनेः शंकर आचार्य, बाङ्गेसाल हाल युएइ पाउनेः

    नेपालमा बस्नुहुने मेरो बुवा ममि अंकलहरु अनि गाउघरका सम्पूर्ण इष्टमित्रमा मेरो सम्झना । 

  • नयाँ बर्ष २०७२ को सम्पुर्ण नेपालीमा सुभकामना साथै, देशमा दिगो शान्ती छाएको छिटो देख्न पाइयोस्

    पठाउनेः किसोर केसी, मलेशिया पाउनेः

    नयाँ बर्ष २०७२ को सम्पुर्ण नेपालीमा सुभकामना साथै, देशमा दिगो शान्ती छाएको छिटो देख्न पाइयोस् र सुखको सास फेर्न पाइयोस् । साथै मेरो म्यादी पुलाचौरमा रहेको घरपरिवार र साथी भाइलाइ सम्झन चाहान्छु !
  • साथीहरूलाई सम्झना !

    पठाउनेः सुरेन्द्र कुवर हजारी/ झलारी पिपलाड़ी, कन्चनपुर पाउनेः अर्जुन साउद/ साउदी अरब

    आज म बिदेशमा कार्यरत मेरा साथीहरू अर्जुन साउद, ताइफ सिटी साउदी अरब, नेपाल ठेगाना बैतड़ी सिखरपु ४ सेला र धन बहादुर धामी, साउदि अरब जुबेल सहर,  नेपाल ठेगाना सुड़ा ६ गाउजि कन्चनपुर लाई सम्झन चाहान्छु ।

  • दशैमा घर आउनेछु

    पठाउनेः भरत लिम्बु, धरान (हाल थेंगु दक्षिण कोरिया) पाउनेः

    धरानमा हुनुहुने आमा बुवामा सेवा ढोग छ र मेरी जीवनसाथि सरु र नानी बाबुलाइ धेरै धेरै माया र सम्झना छ । समयले साथ नदिएकोले यो महिना घर आउन सकिन्न । तर दशैमा आउनेछु भन्दै बिदा नमस्कार, धन्यवाद । 
  • आराम छौं

    पठाउनेः महेन्द्र रिजाल, पाङ, पर्वत पाउनेः नारायण रिजाल (दाजु) र तारादेवि तिवारी (दिदी) दुवइ

    हामी सबै सन्चै छौं र घरमा सन्चै आरामै छौं ।

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेरdesh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

Notice, Press Release
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।