MENU

आफन्त, साथीभाइलाई सन्देश

  • नयाँ वर्षको शुभकामना !

    पठाउनेः बिकास थापा/ आबुधाबी, युएई पाउनेः आमा / लम्जुङ

    नमस्ते म बिकास थापा। म आबुधाबी पुलिसमा कार्यरत छु। मेरो घरमा रहनु हुने बुबा आमा लगायत मलाई चिन्ने सबैमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना छ। 

  • नमस्कार ! बा, आमा र दिदिहरु

    पठाउनेः गिरीराज रेउले/ मलेसिया पाउनेः बिमला र सन्ध्या रेउले/ काजेरी-३, सल्यान

    सल्यान घरमा रहनुहुने मेरो आमा, बा अनि दाङमा बस्ने मेरो दिदि बिमला, सन्ध्या लगाएत सम्पूर्णलाई सम्झेको छु । र आरामै रहेको जानकारी गराउँछु । 

  • चोखो माया तथा मीठो सम्झना ।

    पठाउनेः प्रेमप्रकाश न्यौपाने /युएई, दुबई पाउनेः प्यारी श्रीमती / पाल्पा

    यी अक्षरहरु कोर्दासम्म म यहाँ कुशल मँगलै छु । त्यहाँ तिमीलाई पनि सदैब सुख,शान्ति र सन्तोष मिलोस् भनि भीत्रि मनदेखि परमात्मासँग प्रार्थना गरिरहेको छु । म  विदेशको नोकरी छोडेर छिट्टै घर आउँदै छु । सुख,दुःख मिलेर गरौंला। मीठो,चोखो बाँडेर खाउँला । सँगसँगै  बांचउँला । सँगसंगै मरौला ।

  • मम्मी एकचोटी फोन गर्नु होला है ।

    पठाउनेः माधव अधिकारी / मलेसिया पाउनेः मम्मी र बहिनि / चाङ्घाट-९, कपिलबस्तु

    मम्मी म यहाँ सन्चै छु । त्यता नी सबै जना सन्चै हुनुहोला भन्ने आशा छ । आजभोली किन हो फोन पनी गर्नु भाको छैन । बहिनिले मिस कल गर्दै थिइन तर यता बाट फोन गर्न धेरै पैसा लाग्छ त्यसैले नगरेको हु । मेरो सन्देश पढे पछि मम्मी एकचोटी फोन गर्नु होला है ।

  • दाजुलाई ढोग ।

    पठाउनेः युबराज भट्टराई /ज्यामिरे ६, नेपाने, खोटाङ पाउनेः उमेश भट्टराई /मलेसिया

    नमस्ते, दाइ मलेसियामा चोरी लुटपाट हत्या दिनदिनै भएको समाचार आउँछ जोगिएर बस्नु होला । चाडै नेपाल फर्किनु हुन्छ भन्ने आसामा छु !!

  • धेरैधेरै सम्झना ।

    पठाउनेः अमृत लामा गोले / शारजाह, युएई पाउनेः बुबाआमा / नेत्रकाली-७, सिन्धुली

    मेरो सिन्धुली नेत्रकाली ७ मा रहनुहुने बुबाआमा भाई बहिनी साथीभाई इष्टमित्रहरुलाई म यहाँ आरामै रहेको खबर सुनाउदै धेरैधेरै सम्झना भन्न चाहन्छु ।

  • मनै देखिको माया ।

    पठाउनेः सुर्य मगर / मलेसिया पाउनेः केश माया / दोबाडी -४, नवरपरासी

    म  सोम बहादुर सोमाई मगर मलेसिया देखि । मेरो वखर गाउँमा बस्नु हुने सम्पुर्ण गाउँलेलाई धेरै सम्झना । मेरी प्यारी केश माया र छोरा कुमार लाई  मनै देखिको माया ।

  • धेरै माया र सम्झना ।

    पठाउनेः सम्सेर माम्बा तामाङ / दुबई पाउनेः दिल बहादुर गुरुङ/ नुवाकोट दाङसिङ ५

    म दुबई बाट आज जति पनि साथीहरुको जन्म दिन परेको छ सम्पूर्णलाई जन्म दिनको मुरी मुरी शुभकामना र कोहि यात्रामा हुनु हुन्छ भने मेरो तर्फबाट  तपाईंहरुलाई शुभ यात्रा , कुनै नँया कार्यको थालनी गर्दैहुनु हुन्छ भने कार्य सफलताको कामना ।  मेरो काका दिल बहादुर गुरुङ , रामसिङ माम्बा , बिनोद माम्बा, भीमबहादुर , भाई माईला आइतराम , रोज माम्बा, आश माया , सुन्तली ,निता ,सबिता, रशामा लामा, सर्मिला लामा , सन्चामाया, बिमल ,निरकुमार, बिरु खड्का ,बिकाश मगर, रमेश के सि सम्पूर्ण साथीहरुमा धेरै माया र सम्झना । 

  • घर फर्केर परिवार संगै हासि खुसि दिन बिताउन चाहान्छु ।

    पठाउनेः राजकुमार शाही/दुबई पाउनेः सुनिता शाही र मन कुमारी शाही/ सुर्खेत, सालकोट – ९

    म विदेशी भुमिमा २००८ मे देखि छु । म विदेशीनु रहर नभएर बाध्यता थियो । गरीबी अनि आफ्ना सपनाहरु साकार पार्नु पर्ने रहरले यहाँ ल्यायो । कति सफल हुने भन्ने कुरा चाहि कम्पनीमा भर पर्दो रहेछ । म खाडी आउदा मेरो गाँउ बाट म मात्रै थिए तर अहिले हामी धेरै जना छौं । अब घर फर्केर परिवार संगै केहि ब्यबसाय गरेर बस्न चाहान्छु । महेनत गरे नेपालमै राम्रो हुने मैले बुझिसके । श्रिमति सुनिता संगै हासि खुसि दिन बिताउन चाहान्छु । बुबालाई अन्तिम समयमा नि भेट्न पाइन । आमा मन कुमारीको सेवा गर्न चाहान्छु । 

  • फोन लगेन भनेर नआत्तिनु होला ।

    पठाउनेः ऋषि बोहरा / मलेसिया पाउनेः बसन्ता बोहरा / अर्घाखाँची, ठाडा ३

    नमस्कार मेरो नाम ऋषि बोहरा हाल मलेसिया देखि यो सन्देश अर्घाखाँची जिल्ला ठाडा ३ मा रहनु हुने बुवा आमा र प्यारी बहिनी बसन्ता बोहराको समक्ष पुराउन चाहान्छु । पुज्जनिय बुवा आमा ढोक छ मैले धेरै भयो फोन नगरेको मेरो नम्बर बल्क भएकोले पुरानो नम्बरमा सम्पर्क हुदैन । फोन लगेन भनेर आत्तिनु भएको होला । म केही दिन मै नँया सिमकार्ड ल्याएर कल गर्नेछु । नआत्तिनु होला ।

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेरdesh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

Notice, Press Release
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।