MENU

आफन्त, साथीभाइलाई सन्देश

  • सबैलाई सम्झना।

    पठाउनेः चन्द्र भट्टराई "रुद्र" / कोतादमनसारा मलेसिया। पाउनेः बुबा / शान्तिडाडा-१,फुटुक, इलाम, नेपाल ।

    इलाम जिल्ला को शान्तिडाडा गाबिस वडा न १ फुटुक निबासी मेरो पुजनिय बुबा, मेरि प्यारी श्रीमती,  छोरा निशान अनि छोरी निरुता साथै भाइ बुहारीहरु लगायत सम्पूर्ण आफन्त अनि विदेशी भुमिमा रहदा पनि बारम्बार याद आइरहने आदरणीय सुर्य दाइ, झरिन्द्र दाइ, गिरि दाइ, भाइ झरेन्द्र अनि मेरा छिमेकी काका  काकी लगायत सम्पूर्ण फुटुकबासीलाई म सम्झिन चाहान्छु। र म मलेसियामा आराम रहेको जानकारी पनि गराउन चाहान्छु।

  • मैले तिमिहरुलाई निक्कै मिस गरेको छु।

    पठाउनेः सचिन बराल 'अमोस', जापान पाउनेः साथीहरु, पोखरा

    म यहाँ सञ्चै छु। त्यहाँ पनि सबै आरामै छौहोला भन्ने आसा गरी बसेको छु। जब सम्म नेपालमै बसियो संगै पढियो त्यति बेला निक्कै झगडा गरियो तर साथिहरु यो परदेशको ठाउँमा आइसकेपछी पो थाहा हुदो रहेछ ,आफ्ना को पराया को ? साथिहरु तिमीहरु के गर्दैछौ ? मैले तिमिहरुलाई निक्कै मिस गरेको छु र म चाँडै नै नेपाल आउदै छु।

  • फेरि भेटौंला।

    पठाउनेः मातृका चाम्लिङ, मलेसिया पाउनेः लेखराज/ खबिराज चाम्लिङ, खोटाङ च्यास्मिटार-४ किरात टोल दाल्फु

    मेरो पापा ममिमा गोडाढोग र भाइ बहिनीमा न्यानो माया। साथै मामा मावली छरछिमेक अनि मेरो आफन्त साथीमा दर्शन  नमस्ते। घरमा फोन गर्न पाएको छैन। घरमा के कस्तो छ ? खेती कस्तो भयो ? बाध्याताले परदेशिएको छु। डिउटी  सधै  बङ्कर भित्र गर्नुपर्छ।  बाहिर निस्कन समय मिल्दैन। मरिने हो कि बाँचिने थाहा छैन। गाउँको र साथीभाइसँग हिडेको याद आउँछ। गाउँमा बिताएको रमाइलो दिनको यादले सधैं सताउँछ। परदेशमा गाह्रो हुँदो रहेछ। 

  • कृपया फोन सम्पर्कमा आउन अनुरोध गर्दछु।

    पठाउनेः प्रितम कौशल, दुबई पाउनेः बुवाआमा, गुल्मी अर्खाबाङ वडा न: ७

    मेरो घरमा बुवाआमा, दिदीभाइ, श्रीमती सबैलाई सम्झाना छ र यहाँ म सन्चै आरामै भऐको जानकारि गराउँछु। र मेरो ससुरालीमा पनि नमस्ते भन्न चाहान्छु। फोन समपर्क हुन नसकेकोले, कृपया फोन सम्पर्कमा आउन अनुरोध गर्दछु।

  • नमस्कार !

    पठाउनेः मुक्ति पराजुली /दोहा, कतार पाउनेः बुबा आमा प्यारो छोरा मनिक /पोखरा-२३

    नमस्कार ! आदरणीय बुबा आमामा डण्डवत्, मेरो प्यारो छोरा मनिकमा माया र सम्झना मलाई चिन्ने सबैमा । मेरो छरछिमेकमा धेरै धेरै सम्झनाका लहरहरु साथै साथी-भाइहरुमा अन्तरहृदयबाटै मायाका सौगातहरु । यहाँ त म आरामै छु त्यहाँ पनि आरामै हुनुहुन्छ भन्ने पूर्ण आशावादी छु । आराम रही कुशलताको कामना गर्न चाहान्छु ।

  • मलाई फोन गर्नु होला है त।

    पठाउनेः महेश अधिकारी (माधव) /मलेसिया पाउनेः मम्मी, कपिलबस्तु मह्न्द्रकोट-९ चङ्घाट

    म यहाँ सञ्चै छु। त्यहाँ पनि सबै आरामै हुनुहोला भन्ने आसा गरी बसेको छु। घरको मोबाइलमा किन हो फोननै लाग्दैन। लामो समय भयो फोनमा कुरा नभएको। बहिनिको नम्बर पनि मोबाइलबाट डिलिट भएछ। उनीसंग नी कुरा हुन पाको छैन। मलाई फोन गर्नु होला है त।

  • नमस्ते।

    पठाउनेः भीम लीङ्थेप /दोहा, कतार पाउनेः जीवन संगीनी/ बोधे-८, धनकुटा

    परदेशमा रहेर बाध्यताको जीवन गुजार्नु परे पनी धनकुटा बोधे ८ मा रहेकी प्यारी जीवन संगीनी, साना-साना छोरीहरु लगाएत मेरा सम्पुर्ण आफन्तहरु स-कुसल हुनुहोला भन्ने आसा लिएकोछु। म पनि आरामै रहेको जानकारी देशपरदेश मार्फत पुर्याउनु चहन्छु। अन्तमा छोरी मिक्कीफुङ लगाएत सबैलाई सम्झेको छु भन्दै बिदा चाहान्छु। धन्यबाद।

  • सम्पूर्ण परिवारलाई धेरै सम्झना।

    पठाउनेः नविन भण्डारी/ पंजाब, भारत पाउनेः प्रविन भण्डारी/ शिवपुर, कपिलवस्तु

    मम्मी साष्टाङ्ग दण्डवत। हजुर, भाइ प्रविन, बहिनी राधिका र प्यारो भान्जा राजिव लगायत सम्पूर्ण परिवार खुशी हुनुहुन्छ भन्ने भगवान पशुपतिनाथमा अटुट विश्वास छ। मम्मी मेरो चिन्ता नलिनु होला। म एमदम ठिकठाक छु। अफिस नियमित जाँदै छु। समय मिलेसम्म साथीहरुसँग साँझमा फुटबल खेल्न जाने गरेको छु। भान्जाको विषेश ख्याल राख्नु होला। भाइ प्रविनलाई धेरै नबरालिन भन्नु होला। बहिनी आफ्नो ख्याल राख्नु ल।

  • प्रिय छोराहरु र श्रीमती ।

    पठाउनेः दुर्गा प्रसाद धिमिरे, साउदी अरव पाउनेः श्रीमती, ईटहरी

    म जेद्दाहा साउदी अरवबाट । म यहाँ सकुसल छु । मेरा दुई छोरा र श्रीमतीलाई धेरै धेरै सम्झना र माया भन्न चाहान्छु ।

  • जन्मदिनको शुभकामना !

    पठाउनेः कृष्ण रिमाल / मुम्बई पाउनेः संस्कृती रिमाल/ लम्की, कैलाली

    मेरी छोरी संस्कृती रिमाल ३ वसन्त पार गरि ४ वसन्तमा प्रवेश गर्दैछिन l यसै शुभ-अवसरमा टाढैबाट भएपनि छोरीको सु-स्वास्थ्य ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु l मलाई माफ गर छोरी, यो सालको जन्मदिनमा तिम्रो साथमा हुन्छु भन्ने वचन दिएको थिए। तर मैले हारेको छु, समय र परिस्थिति भनौ या बाध्यताले गर्दा आइपुग्न सकिन । अब छिट्टै तिम्रो साथमा हुने प्रण गर्दै .............बाबा। 

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेरdesh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

Notice, Press Release
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।