Download Podcast

देश परदेश रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 29

    May

    ​देश परदेश अंक ३०९

    कार्यक्रम देश परदेशको अंक ३०९ वित्तिय साक्षरता कक्षापछि फेरिएका परदेशीका परिवारमा केन्द्रित छ । आज भने हामी तपाईंलाई सुनसरी पुर्याउँछौं । कुरा वित्तिय साक्षरताकै तर स्थान र अनुुभव फरक । सुनसरीको बबियामा रहेको रहेको मुस्लिम महिला पहिले बोल्न समेत डर मान्थे । तर तिनै महिला अहिले गाउँमा हुने कामको नेतृत्व गर्छन् । पैसा कमाउने र बचाउने तरिका सिक्ने कक्षामा बसेपछि सुनसरीको बवियाका धेरै महिलाको हातमा पैसा छ । आज हामी उनीहरुले के सिके र कसरी पैसा बच्यो भन्ने चर्चा पनि गर्नेछौं । अनि वित्तिय साक्षरता कक्षामा बसेपछि घरमै आलुचप बनाएर कमाइ गरिरहेका बिनिता माझी र राधा भुजेलका अनुभव पनि सुनाउने छौं । 

    Listen Download

    Now Playing

  • 22

    May

    देश परदेश अंक ३०८

    कार्यक्रम देश परदेशको अंक ३०८ वित्तिय साक्षरता कक्षापछि फेरिएका परदेशीका परिवारमा केन्द्रित छ । परदेशीका परिवारले फेरेको आचार्य गाउँ बारेको तयार पारिएको रिपोर्ट सुन्न सकिन्छ । साग सब्जी बेचेर घर खर्च चलाएर बचत पनि गरिरहेको दुर्गा र नन्दादेवी बस्नेतका अनुभवसँगै कक्षामा बसेपछि सोच नै फेरिएका डिल्लीबहादुर खड्काका कुरा पनि सुनाउँछौं । अनि कक्षामा बसेपछि नुन भुटुनको खर्च पनि राख्न सिकेकी बिरिमफुला राई र उहाँका श्रीमान सर्वधन राईको अनुभव पनि आजको कार्यक्रममा समावेश छन् । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

  • 15

    May

    देश परदेश अंक ३०७

    कार्यक्रम देश परदेशको अंक ३०७ हाम्रा कामदार काम गर्ने जाने देशसित श्रम सम्झौताको अध्ययन र विश्लेषण गर्न सरकारले बनाएको कार्यदलले के कस्ता काम गरिरहेको छ भन्ने विषयमा केन्द्रित छ । यसै  विषयमा वैदेशिक रोजगार विज्ञका रुपमा सरकारले गठन गरेको कार्यदलका कार्यदलमा वैदेशिक रोजगार विज्ञका रुपमा कार्यरत सोम लुँइटेल र रामेश्वर नेपालसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा साउदीमा श्रीमान् सम्पर्कविहीन भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मंगलटारकी मिनाकुमारी रानामगरका व्यथा सुन्न सकिन्छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

     

     

    Listen Download

    Now Playing

  • 08

    May

    ​देश परदेश अंक ३०६

    कार्यक्रम देश परदेशको अंक ३०६ विदेशमा काम गर्दा समस्यामा परेका कामदारका लागि चन्दा संकलन गरिने रकमका विषय अथवा ब्लडमनी, उपचार, क्षतिपूर्ति जस्ता सहयोगका नाममा उठाइने रकममा भैरहेका बेथितीको विषयमा केन्द्रित छ । वैदेशिक रोजगारीका क्रममा अप्ठेरामा परेकाका लागि विभिन्न शीर्षकमा उठाइने सहयोगको चर्चासँगै ब्लडमनीका लागि उठाइएको रकममा भएको विवादबारे मृत्युदण्डबाट जोगिएर फर्केका अनिश खालिङ राईसत कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । अनि, मृतकका परिवारलाई दिइने ब्लडमनी लगायतका सहयोग उठाउन ऐन, कानुनमा भएका व्यवस्थाबारे अधिवक्ता सोम लुँइटेलसित गरिएको कुरकानी पनि कार्यक्रममा सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अप र तपाईंको गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

  • 01

    May

    देश परदेश अंक ३०५

    कार्यक्रम देश परदेशको अंक ३०५ दुवईको सेन्ट्रल जेलमा १५ वर्षदेखि मृत्युदण्डको सजाय कुरिरहेका दार्चुलाको दुँहु गाउँपालिका ५ धारी दौलाका अमरबहादुरका परिवारको दुःखमा केन्द्रित छ । सन् २००३ मा बरदुवईमा रहेको इण्डियन क्लबमा भारतीय व्यापारी शरद सेठ्ठीको हत्या भयो । त्यही घटनामा दुई भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतसहित अमर पनि मुछिए । हत्यामा संलग्न भएको भन्दै तीनै जनालाई मृत्युदण्डको सजाय हुने फैसला सुनायो । जेलमा रहेका छोरो फर्काउन बुबा कर्णबहादुर र श्रीमती धनिसा बम १० वर्षदेखि लागिपरेका छन् । उहाँहरुसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।  

     

    Listen Download

    Now Playing

Download Podcast

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More