MENU

समाचार

  • २ महिनापछि मलेशियाबाट शव आयो

    खोटाङ, बैशाख १९ - मलेशियामा ज्यान गुमाएका एक नेपालीको शव दुई महिनापछि नेपाल ल्याइएको छ । क्वालालम्पुरस्थित ‘द वेस्ट रेन्टल सर्भिस’ कम्पनीबाट भागेर होटलमा काम गर्ने क्रममा ज्यान गुमाएका खोटाङको खिदिमा–६ का २३ वर्षिय सिंहराज राईको शव दुई महिनापछि काठमाडौं ल्याइएको हो ।

  • मलेशियाको चुनाव र नेपालीका अपेक्षा मलेशियाको चुनाव र नेपालीका अपेक्षा

    मलेशियामा आउँदो आइतवार संसदीय चुनाव हुँदैछ । हरेक पाँच पाँच वर्षको फरकमा हुने यो चुनावमा बहुमत ल्याउने दलले आगामी ५ वर्षका लागि सरकार बनाउँछ । यो चुनावबाट मलेशियामा रहेको नेपालीले कस्तो आशा राखेका छन् त ?

  • न्यूनतम तलब माग्दै मलेसियामा नेपालीले मनाए श्रमिक दिवस न्यूनतम तलब माग्दै मलेसियामा नेपालीले मनाए श्रमिक दिवस

    भूमीराज पराजुली/उज्यालो - मलेशिया सरकारले सबै कामदारको तलब बढेको घोषणा गरेको वुधवार एक वर्ष पुरा भएको छ । गत वर्षको मे १ तारिख अर्थात मे दिवसका दिन प्रधानमन्त्री मोहमद नाजिब अब्दुल रज्जाकले सबै कम्पनीहरुले कामदारको तलब बढाउनु पर्ने घोषणा गरेको ८ महिना पनि घोषणा कार्यान्वयन पनि भयो ।

  • खाडीमा निर्माण मजदुरको माग धेरै

    काठमाडौं, बैशाख १६ – खाडी मुलुक जाने कामदारको अभिरुचि सेक्युरिटी गार्ड र ड्राइभरतर्फ देखिए पनि निर्माण मजदुरमा बढी माग आउन थालेको छ । पारिश्रमिक बढी हुने र काम सजिलो हुने भएकाले जान चाहनेको संख्या पनि धेरै भएको व्यवसायीहरु बताउँछन् ।

  • इपिएस: तीन सयको नाम सूचि बाहिर

    काठमाडौं, बैशाख १६ - रोजगार अनुमती प्रणाली इपिएस अन्तर्गत सन् २०११ मा दक्षिण कोरिया भाषा परीक्षा केएलटी उत्तीर्ण भएका ३ सय नेपाली कामदारको नाम कोरिया जान योग्य सूची अथवा रोष्टर भन्दा बाहिर छ ।

  • म्यानपावर कम्पनीले ठगे ९० करोड

    काठमाडौं, बैशाख १६ - वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावर कम्पनी तथा एजेन्टले चालू आर्थिक बर्षको पहिलो नौ महिनामै झण्डै ९० करोड रुपैंया ठगी गरेको पाइएको छ ।

  • कतारमा नेपालीले जिते १० लाख डलरको चिट्ठा कतारमा नेपालीले जिते १० लाख डलरको चिट्ठा

    काठमाडौ, बैशाख १३ – कतारको राजधानी दोहामा एक नेपाली नागरिकले चिट्ठामा ८ करोड ७० लाख रुपैयाँ जितेका छन् । दोहा अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्रि पसलमा सामान खरिद गरेका डिल्लीराम पराजुलीले चिट्ठामा दश लाख अमेरिकी डलर जितेको कतार ड्युटी फ्रिको आधिकारिक फेसबुक पेजले जनाएको छ ।

  • मलेसियामा किन हुन्छन् नेपाली अबैधानिक ? मलेसियामा किन हुन्छन् नेपाली अबैधानिक ?

    भूमिराज पराजुली/उज्यालो, मलेसिया, बैशाख ६ – धेरै समस्या पर्छ भन्ने थाहा हुँदाहुँदै मलेसियामा नेपाली कामदार अबैधानिक रुपमा बस्ने क्रम रोकिएको छैन । उनीहरु अबैधानिक भएर बस्नु आफुहरुको बाध्यता भएको बताउँछन् ।

  • कतारमा ज्यान गुमाउनेको परिवारलाई सहयोग

    खोटाङ, चैत २६ – कतारमा काम गर्ने नेपाली कामदारले हृद्धयघातका कारण कतारमा ज्यान गुमाएका एक नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । खोटाङ बाँझेच्यानडाँडा २ का दिलिप भुजेलको परिवारलाई ३ लाख ४ हजार ५ सय ८९ रुपैयाँ आर्थिक सहयोग गरेको खोटाङ सेवा समाज नेपालका महासचिव नारायण बस्नेतले जानकारी दिनुभयो ।

  • कतारमा नेपाली युवाको ज्यान गयो कतारमा नेपाली युवाको ज्यान गयो

    दमन राई/उज्यालो, खोटाङ, फागुन २२ – रोजगारीका क्रममा कतारमा रहेका एक नेपाली युवाको राती सुतेको बेला ज्यान गएको छ । तीन महिनाअघि कतारको दोहा पुगेका खोटाङ च्यानडाँडा–२ का २० वर्षिय दीलिप भुजेलको हृदयघातका कारण ज्यान गएको अनुमान गरिएको छ ।

  • मलेसियामा नेपालीको मृत्यु मलेसियामा नेपालीको मृत्यु

    भूमिराज पराजुली/उज्यालो । मलेसिया, फागुन १७ - कामका लागि मलेसिया आएका एक नेपालीको ज्यान गएको छ । मलेसियाको क्वालालम्पुमा रहेको ‘द वेस्ट रेन्टल सर्भिस एचबिएनबिएचबी’ कम्पनीबाट भागेर अर्कै ठाउँमा काम गर्दै आएका खोटाङको खिदिमा–६ का २३ वर्षिय सिंह राज राईको ज्यान गएको हो ।

  • युरोपमा पनि ठगिँदैछन् नेपाली युरोपमा पनि ठगिँदैछन् नेपाली

    सन्तोष न्यौपाने/उज्यालो पोर्चुगल, माघ २६ – खाडी मुलुकमा नेपाली कामदार ठगिएको प्रशस्तै सुनिन्छ, देखिन्छ । लाखौं रुपैयाँ तिरेर रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीले तोकिएको सेवा सुविधा नपाएका र कार्यस्थलमा समस्या भोग्नुपरेको खबर दिनहुँ आइरहन्छन् । तर पछिल्लो समय युरोपमा पनि नेपालीहरु ठगिन थालेका छन् ।

  • कतारमा बाबुको हत्या, नेपालमा छोराछोरीको बिचल्ली

    दमन राई/उज्यालो । खोटाङ, पुस ८ - कतारमा पुगेका अबिभाबकको शंकास्पद हत्या भएपछि खोटाङको छितापोखरीका एक परिवारको बिचल्ली भएको छ ।

  • इपिएस कार्यालयमा धर्नामा बसेका महिला विरामी

    ललितपुर, मंसिर २७ - रोजगार अनुमति प्रणाली इपिएसको कार्यालय ललितपुर ग्वार्कोमा धर्ना बसेका महिला विरामी पर्न थालेका छन् ।

  • कोरिया जान भाषा परीक्षा पास गरेका महिला आन्दोलनमा

    काठमाडौं, मंसिर २४ - सन् २०१० मा इपिएस कोटामा भाषा परिक्षा दिएर पास भएका ५० जना महिलाले आन्दोलन शुरु गरेका छन् । रोजगार अनुमति प्रणाली इपिएसको कार्यालय ग्वार्कोमा महिलाले धर्ना शुरु गरेका हुन् ।दुई महिनाभित्र कोरियाबाट भिसा नआए आफूहरु जान नपाउने भन्दै दवाव दिन धर्ना शुरु गरेको पीडित धर्नामा बसेकी तोया गिरीले बताउनुभयो । भिसा आउने प्रतिवद्धता नभएसम्म धर्ना जारी राख्ने गिरीले बताउनुभयो ।...

  • यसरी ठगिन्छन् विदेशमा नेपाली कामदार यसरी ठगिन्छन् विदेशमा नेपाली कामदार

    भुमीराज पराजुली/उज्यालो मलेसिया, कात्तिक १४ – मलेसियाको तिलोक गोङ शहरको भिजन वर्थ फर्निचर कम्पनीमा काम गर्ने भोजपुरका शरणकुमार तामाङको २ महिनाको तलब कम्पनीले काटिदियो । बिरामी भएर स्वास्थ्यजाँच गराउँदा डाक्टरले दिएको पूर्जी अनुसार आराम गरेर बसेका तामाङलाई कम्पनीले गरेको ब्यबहारले निराश बनाएको छ ।

  • बेल्जियममा नेपाली दिदीबहिनीको तीज (फोटो फिचर) बेल्जियममा नेपाली दिदीबहिनीको तीज (फोटो फिचर)

    असोज २ - बेल्जियमको बु्रज शहरका नेपालीहरुले तीज मनाएका छन् । यहाँ वस्दै आएका नेपाली दाजु भाइले नेपाली चेलीहरुलाई दर खुवाएका थिए । बेल्जियममा रहेका नेपाली महिलाहरु रातो साडीमा सजिएर दर खाने स्थानमा पुगेका थिए । त्यहाँ उनीहरुले नाचगान गरेर रमाइलो पनि गरे । त्यही रमाइलोका केही तस्विरहरु । तस्विर : सन्तोष न्यौपाने/उज्यालो यो पनि हेर्नुहोला : कतारमा मनाए नेपाली महिलाले तिज (फोटो फिचर)...

  • बैदेशिक रोजगारीको नाममा ठगी बढ्यो

    भरत खड्का/उज्यालो । उदयपुर, साउन २३ – बैदेशिक रोजगारीमा राम्रो कमाई हुने प्रलोभन देखाई उदयपुरको विभिन्न ठाउँबाट धेरै महिलालाई दलालहरुले अवैध रुपमा खाडी मुलुक लैजाने गरेका छन् । आर्कषक तलब र उच्चस्तरीय जीवनयापनको प्रलोभनमा पारी महिलालाई कुवेत, साउदी अरब, यमन लगायतका देशमा पठाउने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउनुभयो ।  दलालहरुले निःशुल्क बैदेशिक रोजगारीमा खाडी मुलुक पठाइदिने बाहनामा ठगी गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । कुवेत लगायका मुलुकमा ठगिएर...

  • दक्षिण कोरिया जान तीन सय जनाको माग आयो

    काठमाडौं, पुष २९ – रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१२ मा रोजगारीका लागि दक्षिण कोरिया जान सुचिकृत गरिएकाहरुमध्ये तीनसय जनाको माग आएको छ । इपिएस शाखाका प्रमुख महेश आचार्यका अनुसार माग भई आएका तीनसय जनालाई माघको पहिलो हप्तादेखि शीप विकास तालिम केन्द्र भैंसेपाटीमा तालिम दिईनेछ । तालिममा कोरियाको भाषा, संस्कृति, हावा, पानी, रहनसहन, कार्यथलोमा ध्यान दिनुपर्ने कुराहरु, श्रम सम्बन्धि कोरियाको कानूनका बिषयमा सामान्य जानकारी गराईन्छ । माग भई आएका तीनसय कामदारले माग पत्रमा हस्ताक्षर गरेप...

  • वैदेशिक रोजगारीमा हुने ठगी अन्त्य गर्न अनुगमन समिति गठन

    काठमाडौं, पुष ११ – सरकारले वैदेशिक रोजगारीमा हुने ठगी अन्त्य गर्न अनुगमन समिति गठन गरेको छ । श्रम मन्त्रालयलका सहसचिव बुद्धिबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले यो हप्तादेखिनै बैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि अनुगमन गर्नेछ ।

विशेष

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

आफन्त, साथीभाइलाई सन्देश

  • जन्मदिनको शुभकामना !!

    पठाउनेः अमोश बराल / तोमिसातोउ-सि चिवा जापान पाउनेः समीर बराल

  • सबैलाई मनभित्र देखि याद गरेको छु।

    पठाउनेः गोबिन्द पन्थी / साउदीअरेबिया पाउनेः बाबा आमा / मदाने गाउँ पलिका - ७ , भन्भने गुल्मी

सबै हेर्नुहोस

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस