MENU

समाचार

फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए

फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, जेठ् १६ – युएईको सारजाहमा गएको तीन महिनादेखि अलपत्र १० जना नेपाली कामदार आज नेपाल फर्किएका छन् ।

काठमाडौंको दिया रिक्रुमेन्ट सर्भिसेस मार्फत सारजाहको लिडरसिप सेक्युरिटी कम्पनीमा आएका १० जना कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि अलपत्र परेका थिए । नेपाली अलपत्र परेको बारे समाचार उज्यालोमा प्रकाशित  भएपछि नेपाली दूतावास आबुधाबीले चासो देखाएको थियो ।

प्रतिव्यक्ति साढे ३ तीन लाख रुपैयाँ तिरेर १७ सय दिर्हाम बेसिक तलबको सम्झौतामा आठ महिनाअघि युएई आएका उनीहरुलाई गएको दुई महिनादेखि तलब नै दिएको थिएन् । काम गरेको दुई महिनाको तलब नै नलिई उनीहरु आज नेपाल फर्किएका हुन् । कम्पनीले डिपीएस फेल भएको भन्दै उनीहरुलाई दुई महिनाको तलब नदिएको पीडितहरुको भनाइ छ । 
नेपाल फर्किनेहरुमा सोलुखुम्बुका शेरबहादुर कार्की, दैलेखका शिबराज सिंह, सिरहाका प्रविणबहादुर कार्की, मकवानपुरका अतिराज उप्रेती, इलामका राजेन्द्र लिम्बु, नवलपरासीका सुरज राजभण्डारी,  सर्लाहीका सञ्जित राम, सुनसरीका रोशन बुढाथोकी, मोतिराम तिमिल्सिना र बाराका नारायण पौडेल हुनुहुन्छ ।
काठमाडौंबाट घरसम्म पुग्ने गाडी भाडा पनि नभएपछि दूतावासले दुवईमा रहेका म्यानपावरका एजेण्टलाई कारवाही गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि म्यानपावर काठमाडौंबाट घर पुग्ने भाडा दिन सहमत भएको युएईका लागि श्रम सहचारी मोतिराम भुसालले जानकारी दिनुभयो । 

दुई बर्ष पहिले दुतावासले सो कम्पनीलाई कालो सुचीमा राखेर वैदेशिक रोजगार विभागमा सिफारिस गरेको गरेको भएपनि त्यही कम्पनीमा फेरि कामदार आउनुमा ठूलै चलखेल भएको हुनसक्ने कम्पनीमा पहिलेदेखि कार्यरत नेपालीको भनाई छ । दुतावासले १० नेपालीलाई नेपाल पठाए लगत्तै सम्बन्धित कम्पनीलाई कालोसुचीमा राखेर विभागलाई सिफारिस गरेको र आगामी दिनमा यो कम्पनीमा नेपाली नपठाउन भनेको छ । दुतावास आफैंले मागपत्र प्रमाणीकरण गर्ने भएकोले यो कम्पनीमा अब कामदार ल्याउन नदिने कार्यबहाक राजदुत सागरप्रसाद फुयाँलले बताउनुभयो ।

१० नेपाली अलपत्र परेको बारे उज्यालोमा समाचार प्रकाशनपछि सोही दिन उनीहरुलाई युएईमा सकृय युवाहरुले खानाको व्यवस्था गरेका थिए भने एनआरएन युएईले दुई सय दिर्हामसहयोग गरेको थियो ।

 

नेपाली अलपत्र परेको विषयमा यसअघि उज्यालोमा प्रकाशित खबर पनि पढ्नुहोस् । 

युएईमा १० जना नेपाली अलपत्र, कालोसूचीमा परेको कम्पनीमा कसरी आए कामदार ?

उज्यालोको समाचार प्रभाव स् युएईमा अलपत्र १० जनालाई खानाको व्यवस्था जुट्यो

कामदार अलपत्र पारेपछि यी म्यानपावर र रोजगारदाता कम्पनी कारबाहीको सूचीमा

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।