MENU

समाचार

बजेट कार्यान्वयन भए युवालाई विदेश पलायन हुनबाट रोक्छ – उद्योगी व्यवसायी

रमेश गिरी/उज्यालो ।

भक्तपुर, जेठ १६ – भक्तपुरका उद्योगी, व्यवसायीले सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयन भए यसले युवालाई विदेश पलायन हुनबाट रोक्ने बताएका छन् । 

उद्योगी, व्यवसायीले यो बजेट युवामुखी र आशालाग्दो भएको भन्दै कार्यान्वयन गर्न सके युवा देशमै रोजगार हुने बताएका हुन् । उद्योग वाणिज्य महासंघका पूर्व द्वितीय उपाध्यक्ष केपी ताम्राकारले सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको बताउनुभयो ।

उहाँले बजेट तथा कार्यक्रमलाई सरकारले कार्यान्वयनमा ल्याउन सके युवाहरु विदेशन जान रोकिने र विदेशका नेपाली पनि फर्केर देश मै व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारले युवालाई स्वदेश मै व्यवसाय गर्नसक्ने अबस्थाको सिर्जना गरेको छ, बजेट कार्यान्वयन भए, उद्योग, व्यवसायले राम्रै फड्को मार्न सक्छ, यसले युवालाई विदेश पलायन हुनबाट रोक्छ ।’

विदेशबाट देश फर्कने नेपालीलाई व्यवसाय सञ्चालनका लागि १० लाख रुपैयाँसम्म ऋण दिने गरी सरकारले ल्याएको बजेटले युवाहरु विदेशबाट फर्केर नेपालमा व्यवसाय सञ्चालन गर्न उत्साहित हुने उहाँको भनाई थियो । 

यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म अनुदानमा ऋण उपलब्ध गराउने सरकारको बजेट कार्यक्रमले जिल्ला जिल्लामा युवाहरुलाई उद्यमी बनाउन सक्ने ताम्राकारले बताउनुभयो । 

भक्तपुरको पर्यटन विकासमा पनि यसले टेवा पुर्याउने बताउँदै उहाँले साना, ठूला सबै व्यवसायीलाई बजेटले आशा लाग्दो रुपमा सम्बोधन गरेको उहाँको भनाई छ । ठूला सवारी साधनलाई सवारी कर बढाउनुलाई सकारात्मक भन्दै उहाँले यसले अनावश्यक सवारी साधनको खरिदलाई समेत रोक्ने बताउनुभयो । 

यस्तै भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केपी अवालले पनि व्यवसायीको हितमा बजेट आएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकारले भ्याट फिर्ता खारेज गर्नु राम्रो भएको बताउँदै कम आय हुनेलाई कम कर र बढी आय हुनेलाई कर बढी लगाउनु सकारात्मक भएको बताउनुभयो । तर करको सहि सदुपयोग भने हुनुपर्ने र कर तिर्नेले त्यही अनुरुप सुविधा पाउनु पर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । 

दूध डेरी, कपडा पसल, मासु पसल लगायत घरेलु उद्योग तथा व्यवसायलाई सरकारले प्रोत्साहन दिनु राम्रो भएको प्रतिक्रिया दिदै उहाँले देश भूकम्पपछिको पुर्ननिर्माणको चरणमा देश रहेकाले निर्माण सामग्रीलाई सहज र सरल बनाउन सरकारको ध्यान नपुगेको बताउनुभयो । 

उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष प्रदिप श्रेष्ठले समग्रमा बजेट उद्योग एवं व्यावसाय सञ्चालन गर्न उत्साह दिने गरी आएको बताउनुभयो । संघका पूर्व अध्यक्ष युवक राजभण्डारीले बजेटको पूर्ण रुपमा अध्ययन गर्न नपाए पनि समग्रमा बुझ्दा बजेट राम्रो र सकारात्मक भएको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।