MENU

समाचार

मलेसिया पुगेको चार दिनमै हराए रामबहादुर, खोजिदिन श्रीमतीको आग्रह

मलेसिया पुगेको चार दिनमै हराए रामबहादुर, खोजिदिन श्रीमतीको आग्रह

बिजय भुसाल/नुवाकोट । 

जेठ १६ – पिँढीमा वसेर रामवहादुर तामाङले श्रीमती प्रियामायालाई भन्नुभएको थियो ‘बुढी  २ पटक ७ वर्षसम्म विदेश बसेर पनि हाम्रो अवस्था सुध्रिएन अब फेरि एक पल्ट विदेश गएर आउनुपर्यो ।’

प्रियामायाले सम्झाउँदै नेपालमै केही व्यवसाय गर्नुपर्छ, पहिला गएर घर बनाएको, छोराछोरी पनि राम्रै पढाएका छौं भन्नुभयो । तर रामबहादुरले मान्नुभएन । उहाँले श्रीमतीलाई आफ्ना कुरामा सहमत गराउनुभयो अनि विदेश जाने प्रक्रिया थाल्नुभयो । 

नुवाकोट तारेकेश्वर– ५ का रामबहादुर तामाङ कुवेतमा ४ वर्ष र मलेसियामा ३ वर्ष बसेर घर फर्किनुभएको थियो । तर फेरि पनि विदेश जाने निधो गरेका उहाँ मलेसिया जाने हुनुभयो । 

उहाँले काठमाडौंको चावहिलमा रहेको नेगी नेगी इन्टरनेशनलबाट प्रक्रिया थाल्नुभयो । राम्रो कम्पनी र राम्रो तलब भएको भन्दै म्यानपावरका श्याम तामाङले सेक्युरिटीको काममा एक हजार ५० रिंगिट तलबका लागि ८० हजार रुपैयाँ लिएर मलेसिया उडाइदिए । 

गएको वैशाखको २८ गते मलेसियाको उडेका रामबहादुरको त्यसको भोलिपल्ट फोन गरेर कम्पनी र काम राम्रै रहेछ भन्नुभयो । त्यसले प्रियामाया ढुक्क हुनुभयो । 

तर जेठ  १ गते राती १२ बजे रामबहादुरको फोन आयो । ‘आवाज हड्बडाएको जस्तो सुनिन्थ्यो’ प्रियामाया भन्नुहुन्छ । बोली पहिलाको जस्तो नभएपछि उहाँले श्रीमानलाई के भयो भनेर सोध्नुभयो तर रामबहादुले केही भन्नुभएन । प्रियामायाले सँगै भएको साथीले पो भन्दिन्छन् कि भनेर उसलाई फोन दिन भन्नुभयो तर भाषा बुझ्दिनौ भन्दै रामबहादुरले बोल्न दिनुभएन । त्यसको केहीबेरमै फोन काटियो ।

श्रीमानको अवस्था ठिक छैन भन्ने लागेपछि प्रियामायाले धेरै पल्ट यतैबाट फोन गर्नुभयो तर लागेन । त्यसपछि उहाँसँग सम्पर्क भएको छैन । केहीदिनसम्म पनि फोन नलागेपछि प्रियामायाले म्यानपावरलाई बुझ्न लगाउनुभयो ।

म्यानपावरले तत्कालै बुझेर खबर गर्‍यो । म्यानपावरले रामबहादुरको बस्ने ठाउँमा नरहेको र कोठामा सामान मात्रै भेटिएको खबर सुनाएपछि प्रियामाया झनै आत्तिनुभएको छ । कम्पनीले रामबहादुरलाई खोजिरहेको बताएको थियो म्यानपावरले । 

तर अहिले त म्यानपावरले पनि कुनै खबर दिएको छैन । ‘फोन नै उठाउँदैन अनि उठायो भने पनि केही भन्दैन’ रामबहादुरकी साली सीतामायाले भन्नुभयो ।  

लेखपढ गर्न नजान्ने भएकाले प्रियामाया काठमाडौं जान सक्नुभएको छैन । उहाँकी बहिनी र गाउँका दाई पर्ने व्यक्तिले सुरक्षित आप्रवासन परियोजनाले सञ्चालन गरेको सूचना केन्द्रसँगै म्यानपावर र सम्बन्धित निकायमा रामवहादुरलाई खोजिदिन आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।