समाचार
वैदेशिक रोजगारीमा जानबाट युवालाई रोक्ने सरकारका १० कार्यक्रम
- Tuesday, May 29, 2018
- 18:49 PM (2 years ago)
- Total Views: 20.6 K
रीतु थेबे/उज्यालो ।
काठमाडौं, जेठ १५ – पाँच वर्षभित्र रोजगारी गर्न विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गर्न सरकारले विभिन्न कामहरु शुरु गर्ने घोषणा गरेको छ । यस्ता कामभित्र बेरोजगारको गणना गर्नेदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने सम्मका कार्यक्रम परेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम
नेपालमै कामका अवसर सिर्जना गर्न देशमै पहिलोपल्ट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट शुरु गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभित्र थप रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै त्यसका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनु भएको छ ।
यो कार्यक्रममा तीन वटै तहको सरकारका सार्वजनिक निर्माणका विभिन्न क्षेत्रलाई आवद्ध गरिने अर्थमन्त्रीले बताउनुभयो । नेपाली युवाले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागिएको हो ।
गन्तव्य देशसित श्रम सम्झौता, प्रत्येक प्रदेशबाट श्रम स्वीकृति
स्वदेशमा प्रशस्त रोजगारीका अवसर तथा छनौट उपलब्ध नभएसम्म अल्पकालिन रणनीतिका रुपमा वैदेशिक रोजगारीको उपयोग गरिने डा. खतिवडाले बताउनुभयो ।
विदेशमा काम गर्न जाने देशसित सरकारले अन्तर सरकारी श्रम सम्झौता गरी न्युनतम सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गरिने पनि घोषणा गरेको छ । प्रत्येक प्रदेशमा वैदेशिक रोजगार सेवा कार्यालय स्थापना गरी श्रमस्वीकृति सेवालाई सहज तुल्याइने घोषणा पनि उहाँले गर्नुभयो ।
विप्रेषण बैंकबाट, विदेशबाट फर्केका युवालाई १० लाख ऋण
विप्रेषण आय बैंकिङ प्रणालीबाट भित्र्याई त्यस्तो रकम उत्पादनमुलक लघु तथा साना उद्योग, पर्यटन, कृषि व्यवसाय र रोजगारीमुलक सेवा क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने पनि बजेटमा घोषणा गरिएको छ ।
डा. खतिवडाले बजेट घोषणा गर्दै विदेशबाट फर्केका युवाको सीप प्रमाणिकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि घोषणा गर्नु भएको छ । त्यस्तो कर्जाको अनिवार्य सुरक्षण गराई व्यवसायको बीमा गर्ने व्यवस्था मिलाइने कुरा बजेटमा उल्लेख छ ।
रोजागरीको प्रत्याभूति गरिने
अर्थमन्त्रीले बजेट पेश गर्दै देशमा हुने र भैरहेका सार्वजनिक विकास निर्माण कार्यमा सिर्जना हुने श्रमका क्षेत्रमा न्युनतम रोजगारकोी प्रत्याभूति गरिने बताउनु भएको छ । यो व्यवस्था कार्यान्वयनका लागि रोजगारी प्रत्याभूति विधेयक संसदको यसै अधिवेसनमा पेश गरिने पनि उहाँले बताउनुभयो । साथै बेरोजगार जनशक्ति दर्ता र रोजगारीका अवसरको सूचना आदानप्रदान गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गरिनेछ ।
म्यानपावरलाई थप काम
बजेटको कार्यान्वयनसँगै वैदेशिक रोजगार सेवा प्रदायक कम्पनीहरुले अब विदेशमा मात्र होइन, देशभित्र पनि रोजगारी व्यवस्थापन गर्न पाउने भएका छन् । उनीहरुले अब नेपालमै पनि रोजगारका क्षेत्रमा कामदार व्यवस्थापन गर्ने सहुलियत पाउनेछन् । श्रम बजारमा माग अनुरुपको सीपयुक्त जनशक्ति आपूर्ति गर्न छोटो अवधिका निःशुल्क तालिम सञ्चालनको व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो ।
न्यूनतम ज्याला बढ्ने, श्रम विवाद तत्काल हल हुने
समान कामको लागि समान ज्यालाको नीति लागू गरिने र न्युनतम ज्यालामा पुनरावलोकन गरिने पनि आजको बजेटमा उल्लेख गरिएको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न श्रम निरिक्षणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने डा. खतिवडाले बताउनुभयो । श्रम क्षेत्रमा आउने विवादलाई तत्काल समाधान गर्न एक अर्धन्यायिक निकाय गठन गरिनेछ ।
प्रमाणपत्र धितो राखेर ऋण, च्यालेञ्ज फण्डको स्थापना
उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशतसम्म ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने भएको छ । त्यस्तो कर्जाको अनिवार्य सुरक्षण र व्यवसायको बीमा गर्ने व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ ।
त्यस्तै नविनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न सुरुवाती पूँजी उपलब्ध गराउन च्यालेन्ज फण्डको स्थापना गरिने पनि अर्थमन्त्री डा. खतिवडाले उल्लेख गर्नुभयो ।
रोजगारी प्रवर्द्धन र उद्यमशीलता विकासका लागि क्रियाशिल रहेका सबै कोषहरुलाई एकीकृत गर्न आवश्यक प्रवन्ध मिलाइने पनि उहाँले बताउनुभयो । महिलाबाट प्रवर्द्धन हुने साना व्यवसाय र स्वरोजगार कार्यक्रमलाई पूँजी, सीप र उद्यमशिलता तालिम सुनिश्चित गरिने पनि बजेटमा उल्लेख छ ।
विशेष
समाचार
-
रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर
काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।
-
फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए
उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ् १६ – युएईको सारजाहमा गएको तीन महिनादेखि अलपत्र १० जना नेपाली कामदार आज नेपाल फर्किएका छन् ।
-
‘सय ग्राम सुन ल्याउन पाइन्छ, तर भन्सार तिर्न पर्दैन भन्ने नसोच्नुस्’
काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो ।
-
आत्मनिर्भर, व्यावहारिक शिक्षामा सरकारकाे प्राथमिकता : प्रधानमन्त्री
काठमाडाैं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
लगानी गर्न लगन कुर्नु पर्दैन सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन भने केहीले सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन । सम्पन्नता प्राप्त गर्नका लागि धेरै कुराले प्रभाव पार्दछ । ती धेरै कुराहरु मध्ये व्यक्तिको सोच र लगानीको शुरुवात पनि महत्वपूर्ण हुन्छ । व्यवसायिक लगानीको शुरुवात गर्नका लागि बचत, जोखिम र यसका आयामहरुलाई बुझ्ने क्षमताले सफलता निर्धारण गर्न सहयोग पुर्याउँछ । त्यस्ता सोचहरुलाई यहाँ केलाउने प्रयास गरिएको छ । मानिसका खर्च गर्ने व... पुरा पढ्नुहोस
-
परदेशीका श्रीमतीलाई दोषी देख्ने कहिलेसम्म ? एक महिलालाई कुटपिट भयो । घरबाट निकालियो । दुव्र्यवहार भयो । घरमा सम्मान पाइनन् भन्ने सुन्नुभयो भने तपाईं के सोच्नुहुन्छ ? धेरैलाई लाग्न सक्छ महिला नै गलत हुन् । अझ अहिले सामाजिक सञ्जालमा श्रीमान विदेशमा यता श्रीमतीले रमाइलो गरिन, दोस्रो बिहे गर्ने बढे भन्ने जस्ता अनेक समाचारका शिर्षक भेटिन्छन् । महिलाहरुकै कारणले समस्या निम्तियो, उनीहरु त्यस्तै हुन्छन् भन्ने सोच आज हैन समाजमा हिजैदेखिको हो । श्रीमान् परदेश गएपछी श्रीमतीलाइ हेर्ने दृष्टिकोण फरक भइहाल्छ । जाने बुझेका मान्छेले नै फर... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश अंक ३०९
कार्यक्रम देश परदेशको अंक ३०९ वित्तिय साक्षरता कक्षापछि फेरिएका परदेशीका परिवारमा केन्द्रित छ । आज भ...
Download Podcast -
देश परदेश अंक ३०८
Download Podcast -
देश परदेश अंक ३०७
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस