MENU

समाचार

​वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचबिखन घटाउन नलवपरासीमा प्रहरीसँग छलफल

​वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचबिखन घटाउन नलवपरासीमा प्रहरीसँग छलफल

जेठ १५ – वैदेशिक रोजगारीको नाममा भएको ठगी र मानव बेचबिखन घटाउन सकिने उपायबारेमा नलवपरासीमा प्रहरीसँग छलफल गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा नवलपरासीको सुस्ता पश्चिमका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा काम गर्ने सबै प्रहरीलाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी गराइएको हो ।

प्रहरी निरीक्षक विरेन्द्र गुरुङले जिल्लामा कार्यरत प्रहरीलाई वैदेशिक रोजगारीका नाममा भएको ठगी र मानव बेचबिखन कम गर्न डटेर लाग्न अनुरोध गर्दै  अपराध अनुसन्धान महाशाखा टेकुको पिल्लर नम्बर ९ ले सञ्चालन गरेको हटलाइन सेवाले पनि यसलाई कम गर्न सहयोग गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा ३५ जना प्रहरीको सहभागीता थियो ।

 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।