MENU

समाचार

विदेशको दुःख र पैसाको महत्व बुझेपछि फेरियो आचार्य गाउँ (भिडियाे सहित)

विदेशको दुःख र पैसाको महत्व बुझेपछि फेरियो आचार्य गाउँ (भिडियाे सहित)

काठमाडौं, जेठ १५ – खोटाङको दिक्तेल बजारबाट पूर्वपट्टी पर्छ आचार्य गाउँ । यो गाउँबाट ६० जना भन्दा धेरै युवा काम खोज्दै विदेश गएका छन् ।

युवा विदेश गएपनि गाउँ चाहिँ हराभरा छ । तर विदेशको कमाइले होइन । विदेश जानेका श्रीमती आमाबुवा र परिवारका सदस्यले आफैं आचार्य गाउँ हराभरा बनाएका हुन् । 

भिडियाे हेर्नुहाेस् 

विदेशमा हुनेका श्रीमती आमाबुवा र परिवारका अरु सदस्य आचार्य गाउँ बनाउन आफैं लागि परेका छन् । सुरक्षित आप्रवासन परियोजना सामीले वित्तीय साक्षरता कक्षा सञ्चालन गरेपछि आचार्य गाउँका सबैजसो महिलाका आर्थिक कारोबार गर्ने तरिका फेरिएका छन् ।

घरव्यवहार चलाउन केही न केही व्यवसाय गरिरहेका छन् । विदेश सुखदुःख गर्नेको पैसा बचत भएको छ । आचार्य गाउँबाट विदेश जानेका परिवारले खेतबारी र गाइबस्तुबाटै आफ्नो खर्च आफैं पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।