MENU

समाचार

​नेपाली कामदारको कानूनी प्रतिरक्षाका लागि मलेसियामा वकिल नियुक्त

​नेपाली कामदारको कानूनी प्रतिरक्षाका लागि मलेसियामा वकिल नियुक्त

काठमाडौं, जेठ १५ – मलेसियामा रहेको नेपाली दूतावासले कामदारको कानूनी प्रतिरक्षाका लागि वकिल नियुक्त गरेको छ । 

गएको जेठ ११ गतेदेखि ‘ल चेम्बरस् अफ खरेन जित एण्ड यसोसियट्स’सँग दूतावासले १ वर्षको सम्झौता गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ । दूतावाससँग भएको सम्झौता अनुसार अध्यागमन तथा सामान्य प्रकारका मुद्दाहरुमा ल फर्मले निःशुल्क सेवा दिनेछ ।   

तर अदालतको दण्ड, जरिवाना, धरौटी तथा अन्य शुल्क सेवाग्राहीले नै व्यहोर्नु पर्ने दूतावासले उल्लेख गरेको छ । मृत्युदण्ड, लामो समय तथा आजिवन जेल सजाय हुनसक्ने, गम्भिर प्रकृतिका मुद्दाको हकमा भने प्रचलित नियम अनुसार खर्च सेवाग्रहीले नै तिर्नुपर्ने र त्यसको जानकारी दूतावासमा गराउने पर्नेछ  ।

तर खर्च व्यहोर्न नसक्ने अवस्थाका कामदारको हकमा भने कसुरको प्रकृति हेरी उपलब्ध बजेट अनुसार दूतावासले पनि वकिल खर्च व्यर्होन सक्नेछ ।

जेल परेका, डिटेन्समा परेका, मलेसियाको अध्यागमन लगायत कानुन उल्लंघनको आरोपमा मुद्दा खेपिरहेका, प्रतिरक्षा तथा कुनै कानूनी परामर्श चाहिएमा निवेदन दिन पनि दूतावासले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।