Total Hits: 2.0 K

नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह

  • Posted: Monday, May 28, 2018 17:24 PM ( 2 years ago )

काठमाडौं, जेठ १४ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियालाई आग्रह गर्नुभएको छ । 

नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई सोमबार मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानी रुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गर्नुभएको हो । 

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गर्नुभएको हो । 

मलेसिया जाने नेपाली कामदारले विभिन्न बाहानामा झण्डै  १८ हजार रुपैयाँ तिर्दै आएका छन् ।

मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको सन्दर्भमा मलेसियामा जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएको भन्दै  यो समस्या तत्काल सम्बोधनका लागि सम्बन्धित सरकारको नेतृत्वलाई सन्देश दिन आग्रह पनि गर्नुभएको छ । 

नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर समस्याको समाधान गर्न पनि कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिनुभयो । 

कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य देशबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको बताउदै समस्याकाे बारेमा अाफ्नाे देशमा सन्देश पुर्‍याउने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो । अहिले मलेसिया नयाँ कामदारको भिसा प्रक्रिया रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस

captcha captcha

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More