MENU

समाचार

साउदीको जेलमा रहेका थानेश्वर जेल मुक्त, सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौं नै आउँछु : आमा

साउदीको जेलमा रहेका थानेश्वर जेल मुक्त, सहयोग गर्नेलाई धन्यवाद दिन काठमाडौं नै आउँछु : आमा

सन्जिता देवकाेटा/उज्यालाे ।

काठमाडौं, जेठ १४ – साउदी अरबमा आजिवन जेल सजाय पाएका नवलपरासीका थानेश्वर भुषाल सोमबार जेल मुक्त हुनुभएको छ । 

कानुनी प्रक्रिया मिलाउनका लागि भुषाललाई जेल मुक्त भएपछि महाबाणिज्य दूतावासमा राखिएको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिनुभयो । 

‘उहाँले कम्पनीबाट पाउने क्षतिपूर्ति तलब लगायतका कुरा मिलाउन पावर अफ एर्टोनी बनाएर नेपाल फर्काइने छ,’ अध्यक्ष कार्कीले भन्नुभयो । कानुनी प्रक्रिया पूरा भएपछि उहाँलाई घरफिर्ती केन्द्रमा पठाइने उहाँले बताउनुभयो । भुषाललाई नेपाल फर्किन एक हप्ता लाग्न सक्ने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

 २०६७ असोजमा साउदी गएका थानेश्वर गाडी चलाउने काम गर्नुहुन्थ्यो । विदेश गएको एक वर्षपनि नपुग्दै उहाँले चलाएको गाडी दुर्घटनामा पर्‍यो । थानेश्वरले चलाउने गाडीलाई पछाडिको गाडीले ठक्कर दिएको थियो । पछाडिको गाडीले ठक्कर दिएपछि उहाँले चलाएकाे गाडीले अगाडि रहेको अर्को गाडीलाई ठक्कर दिएको थियो ।

उहाँले चलाएको गाडीलाई पछाडिको गाडीले ठक्कर दिँदा दुवै गाडीमा रहेका दुई जनाको ज्यान गएको थियो । उहाँको गाडीको ठक्करबाट साउदीका नागरिक रज जमान अलजदानी र पछाडिको गाडीमा सवार भारतीय नागरिक इशम साहिबको ज्यान गएको हो ।

यही आरोपमा अदालतले भुषालले एक लाख ५० हजार रियाल अर्थात झण्डै ४५ लाख रुपैयाँ ब्लडमनी तिर्नु पर्ने फैसला सुनाएको थियो ।

भुषालले तिर्नुपर्ने ब्लडमनी जुटाउन काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समितिले थानेश्वर भुसालको सहयोगका लागि ब्लडमनी रकम संकलन अभियानबाट ४५ लाख रुपैयाँ ब्लडमनी संकलन गरी बुझाएपछि भुषाल जेलमुक्त हुनुभएको हो ।

काठमाडौं आएरै सबैलाई धन्यवाद दिन्छु : आमा 

छोरा जेलबाट छुटेको खबर सुनेकी थानेश्वरकी आमा यमकला भुषालले खबरले आफूलाई दिएको खुशी शब्दमा भन्नै नसक्ने बताउनुभएको छ । 

उहाँले सोमबार ३ बजे आफूले खबर पाएको भन्दै अब छोरा आउने दिनको पर्खाइमा रहेको बताउनुभयो । सबैको सहयोगकै कारण छोरा जेलबाट छुटेको भन्दै यमकलाले भन्नुभयो ‘सहयोग गर्ने सबैको नाम मलाई याद छैन त्यसैले सबैलाई धन्यवाद दिन काठमाडौं नै आउँछु ।’ 

थानेश्वर भुषालका विषयमा उज्यालोमा यसअघि प्रकाशित खबर हेर्नुहोस्

स्थानेश्वरलाई आजीवन जेल सजायबाट मुक्त गर्न ब्लडमनी संकलन अभियान

जेलमा रहेका छोराको मुख हेर्न यमकलालाई ४५ लाख चाहिने

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।