MENU

समाचार

घरमै बसेर काठको कामबाट मासिक १६ हजार

घरमै बसेर काठको कामबाट मासिक १६ हजार

पुरुषोत्तम गिरी/उज्यालो ।  

सल्यान, जेठ १४ – पैसा कमाउन वैदेशिक रोजगारीमा जाने युवाको संख्या धेरै छ । स्वदेशमा पनि आम्दानीको स्रोतको पहिचान गर्न सक्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ । यस्तै उदाहरण बन्नुभएको छ, सल्यानको दार्मा गाउँपालिका २ फरुलाचौरका १९ वर्षीय कृष्णबहादुर वली । 

घरको आर्थिक अवस्था कमजोर भए पनि उहाँलाई भने विदेश जाने मोहले कति पनि छोएन । आर्थिक अवस्था कमजोर भएकै कारण उहाँले उच्च शिक्षा अध्ययन गर्न सक्नुभएन । तर सिल्पकार सम्बन्धी सीप सिकेपछि पैसा कमाउन विदेशी भूमिमा भौँतारिनु परेन ।

अहिले उहाँले दार्मा गाउँपालिकामा रहेको फर्निचर उद्योगमा काम गर्न थाल्नुभएको छ । काम गरेवापत उहाँले मासिक १६ हजार पारिश्रमिक पाउने गरेको बताउनुभयो । 

घरमा पैसाको जति आवश्यक परेपनि घर छोडेर बाहिर जाने सोच कहिल्यै पनि नआएको उहाँको भनाई छ । ‘आप्mनै गाँउघरमा आप्mन्त र साथीहरुको माझमा बसेर काम गर्नुको आनन्द नै छुट्टै हुन्छ’ उहाँले भन्नुभयो, ‘नचिनेको विदेशी भूमिमा त काम मात्रै गर्ने हो न कसैले चिन्छ न त हाल खबर नै सोध्छ । त्यस्ता ठाउँमा किन जानु । बरु थोरै पैसा भएपनि स्वदेशमा नै राम्रो ।’ 

सेभ द चिल्ड्रेनसँगको साझेदारीमा दलित विकास समाज सल्यानले सञ्चालन गरेको तीन महिने तालिम सिकेपछि सिप विकास केन्द्रबाट समेत सीप परीक्षा पास गरेर उहाँले काम सुरु गर्नुभएको हो । उहाँले विदेशमा गएर पसिना बगाएर पुरै जिन्दगीको गुजारा नहुने बताउनुभयो । 

बरु सीप सिकेर आप्mनै गाँठाँउमा केही गर्न सके त्यसले जीवन धान्न सहज हुने उहाँको भनाई छ । अवसरको खोजी गर्ने हो भने यहाँ धेरै सम्भावना हरु छन् पहिचान गर्न सक्नु पर्छ भन्दै उहाँले यदि कुनै पनि सिप सिकेको छ भने त्यो व्यक्ती बेरोजगार बस्न नपर्ने बताउनुभयो । 

आफूले दिन रात मेहनत गरेर काम गर्ने र कमाएको पैसाबाट आगामी दिनमा  आफ्नै फर्निचर उद्योग खोल्ने उहाँको योजना छ । ‘अहिले काम पाएको छु घरबाट नै आउने जाने गर्ने भएकाले खर्चपनि खासै लाग्दैन पैसा बचाई रहेको छु’ उहाँले भन्नुभयो,’ ‘पैसा बचाउन सकें भने कुनैदिन आफ्नै फर्निचर उद्योग खोल्ने छु । र आफूजस्तै आर्थिक अवस्था कमजोर भएका युवालाई  गाउँमै काम दिने सोच बनाएको छु ।’ 

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।