MENU

समाचार

​रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो, कोरियन वन र दिनार पनि कमजोर

​रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो, कोरियन वन र दिनार पनि कमजोर

काठमाडौं, जेठ १३ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८४ पैसा र विक्रिदर २९ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७० पैसा र विक्रिदर २९ रुपैयाँ ८७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४४ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । 

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ७९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ ३७ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।