Total Hits: 2.2 K

प्रेम बचाउ अभियानलाई कुवेतबाट ६ लाख, दिलबहादुरको जीवन रक्षाका लागि पनि अभियान

  • Posted: Saturday, May 26, 2018 13:17 PM ( 2 years ago )

कोशराज राई/कुवेत ।

कुवेत, जेठ १२ – प्रेम बचाउ अभियानका लागि कुवेतबाट ६ लाख ३० हजार रुपैयाँ पाँचसय पच्चीस रुपैयाँ आर्थिक सहयोग पठाइएको छ । 

दुई वर्षदेखि साउदीको जेलमा रहेका इलामकाको माइ गरपालिका–४ का प्रेमबहादुर राईको उद्दारका लागि दुई पटक गरेर सहयोग पठाइएको हो । पहिलो चरणमा ३० हजार ५ सय २५ र दोस्रो चरणमा ६ लाख रुपैयाँ पठाईएको हो ।

पाँच महिनाअघि सुरु भएको सहयोग अभियान समापन गर्दै सङ्कित रकम समितिले नेपाल पठाएको हो । प्रेमले चलाएको गाडी चोरिएपछि कम्पनीका साहुले ३ लाख १० हजार साउदी रियाल अर्थात झण्डै ८५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन् । 

अदालतले साहुले मागेको क्षतिपूर्ति नदिँदासम्म जेल बस्नुपर्ने फैसला गरेपछि उहाँलाई उद्दार गर्न नेपालसहित विश्वका धेरै देशमा अभियान चलिरहेको छ । कुवेतमा पनि गको जनवरी १९ तारिखमा प्रेम कुलुङ राईको संयोजकत्वमा समिति नै बनाएर अभियान सुरु गरिएको हो । 

अभियानमा २ हजार ४ सय तीन कुवेती दिनार, ८ सय ८५ फिल्स अर्थात ८ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । तर संखुवासभाकी कविता विश्वकर्मा सहयोग अभियानलाई ५१ दिनार अर्थात झण्डै १८ हजार रुपैयाँ र ईराकमा घरेलु कामदारको रुपमा गएकी र साहुको कुटपिटबाट घाइते अवस्थामा फर्काइएकी भोजपुरको गोगनेकी शान्ता राईलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । 

साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली, नगरपालिकाको पनि सहयोग 

साउदी अरबकै जेलमा रहेका रोल्पा नगरपालिका–१० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग सङ्कलन तिव्र बनाएका छन् । दिलबहादुर दुई वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ ।

२०७३ जेठमा दिलबहादुरले चलाएको ट्रकले ठक्कर दिँदा साउदी नागरिक ओतिन बिल दिगफाको ज्यान गएपछि उहाँ जेल पर्नुभएको हो ।साउदीको स्थानीय अदालतले मृतकका परिवारलाई ब्लडमनी स्वरुप दुई लाख २५ हजार साउदी रियल बुझाउनुपर्ने फैसला गरेको थियो ।

स्थानीय अदालतको फैसलामाथि पुनरावेदन गरी पाउँ भनी साउदीस्थित नेपाली राजदूतावासले अपिल गरेको थियो । तर स्थानीय अदालतको फैसला नै सदर भएपछि दिलबहादुरले नेपाल फर्कन ६५ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यति रकम नबुझाएसम्म जेलमुक्त नहुने फैसला छ । 

काठमाडौंको डेस्टिनी ओभरसिज प्रालिले स्काभेटर चालकका रुपमा दिलबहादुरलाई साउदी पठाएको थियो । साउदीमा माजित अल दियावही कन्ट्रक्सन प्रालिले उहाँलाई एक्साभेटर चलाउन नदिएर ट्रक चलाउन लगाएको थियो । 

चालक अनुमतिपत्र र वर्क परमिटसमेत नभएका दिलबहादुरलार्ई कम्पनीले जबर्जस्ती ट्रक चलाउन लगाएको थियो । घरको आर्थिक अवस्था कमजोर रहेका दिलबहादुरको सम्पत्तिबाट उक्त रकम बुझाउन सकिने सम्भावना नभएपछि श्रीमती मनिताले जीवन रक्षाका लागि सबैसँग अपिल गरेपछि देश विदेशमा रहेका रोल्पालीले सहयोग संकलनलाई तिव्र बनाएका छन् । 

दिलबहादुर बचाउ अभियान अन्तर्गत रोल्पा उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यापारीसँग एक लाख ४८ हजार रुपैयाँ संकलन गरेको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो । 

यस्तै रोल्पा नगरपालिकाले पनि दिलबहादुर बचाउ अभियानका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको अगुवाइमा सहयोग संकलन अभियानलाई सुरु गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

captcha captcha

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More