MENU

समाचार

उज्यालोको समाचार प्रभाव : युएईमा अलपत्र १० जनालाई खानाको व्यवस्था जुट्यो

उज्यालोको समाचार प्रभाव : युएईमा अलपत्र १० जनालाई खानाको व्यवस्था जुट्यो

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, जेठ ११ –  सारजाहकाे सनैया ३ मा अलपत्र १० जना नेपालीलाई खानाको व्यवस्था भएको छ । सारजाहको लिडरसिप सेक्युरिटी सर्भिसेसमा काम गर्न आएका उनीहरुलाई  सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि अलपत्र परेका थिए ।

दुई महिनादेखि तलब समेत नपाउँदा खान पनि समस्या भइरहेको उनीहरुले बताएका थिए । खानाको समेत समस्या परेको खबर उज्यालो अनलाइनमा प्रकाशन भएको चार घण्टामै युएईमा रहेका गायक प्रकाश पौडेलको सक्रियतामा सारजाहमा कार्यरत मन्दिप खरेल र सन्दिप सिग्देलले एक हप्ताका लागि पुग्ने खानाको व्यवस्था गरिएको हो ।

उनीहरु बस्ने कोठामा जम्मा गरेर राख्न सक्ने अवस्था नभएकोले केही नगद सहित सहयोग गरिएको मन्दिप खरेलले बताउनुभयो ।  अलपत्र १० जनालाई उनीहरु बस्ने क्याम्पमै पुगेर चामल, तरकारी, प्याज, नुन तेल सहित खानाको व्यवस्था गरेको रबिन्द्र सिग्देलले जानकारी दिनुभयो ।

अलपत्र नेपालीहरुको निवेदन सहयोगी बिक्रम खड्काको सहयोगमा बुधवार दूतावासमा बुझाईएको र तीन दिनसम्म पनि कुनै सहयोग नपाएको बारे खबर उज्यालोमा प्रकाशन भएपछि आफूहरुले राहत पाएको सिमराह बाराका नारायण पौडेलले बताउनुभयो । 

म्यानपावरले गराएको सम्झौता अनुसार कामदारले ७ महिनासम्म सेवा सुविधा नपाएको र अरु कम्पनीमा सम्झौता अनुसारको काममा लगाउन सके अझै पनि युएईमै रहन चाहेको पीडितहरुले बताएका छन ।

तर पटक पटक नेपाली कामदार ल्याएर अलपत्र पार्ने र दूतावासको कालोसूचीमा रहेको कम्पनीमा आफुहरुले काम गर्न नसक्ने उनीहरुको भनाइ छ । आफूहरुले म्यानपावरलाई बुझाएको ३ लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराएर नेपाल फर्काइदिन पीडितहरुले दुतावासलाई अनुरोध गरेका छन ।

यो कम्पनीमा यसअघि पनि नेपाली कामदारलाई समस्या भएको थियो । कम्पनीमा कामदार पठाउन नहुने भन्दै दुतावासले कम्पनीलाई कालो सुचीमा राखेर वैदेशिक रोजगार विभाग काठमाडौंमा सिफारिस पनि गरेको थियो ।

यो पनि पढ्नुहोस् । 

युएईमा १० जना नेपाली अलपत्र, कालोसूचीमा परेको कम्पनीमा कसरी आए कामदार ?

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।