मेरो पनि भन्नु छ
-
सरकारले मेचीदेखि महाकालीसम्म रेल चलाउने भन्थ्यो । कहिले बन्छ रेल्वे अनि कहिले गुड्छ रेल ?
प्रिती चौधरी -
म प्रदेश नम्बर चारको मतदाता । अहिले प्रदेश नम्बर ७ मा छु । मेरो क्षेत्रमा आइतबार चुनाव हुँदैछ अनि अहिले म भएको धनगढीमा जेठ ३१ गते मात्रै । म र म जस्तै अरु नै प्रदेशमा कार्यरत मतदाताको मताधिकार सुनिश्चित गर्न सरकारले केही गरेको छ कि ?
सन्तोष सेढाईं -
चुनाव स्थानिय तहको हुँदैछ, तर पार्टीका घोषणापत्रमा रेलदेखि रकेटसम्मका कुरा लेखिएका छन्, गाउँमा स्कुल र शौचालय बनाउने कुरा भुलेर दलहरुले बाँडेका रेल र पानी जहाजका सपना हामीले कसरी पत्याउने ?
एस महतो -
हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?
पुर्णचन्द्र लिम्बु -
नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?
अविकिरन डिसी -
सबै मुख्य दलले चुनाव चाहे पनि सरकारले त्यसको मिति तोक्न नसक्नुको कारण मधेसकेन्द्रित दलको विरोध मात्रै त पक्कै होइन जस्तो छ । उहाँ प्रश्न गर्नुहुन्छ – कतै यसमा विदेशी हस्तक्षेप त छैन ?
पुर्णचन्द्र लिम्बु -
प्रधानमन्त्री प्रचण्ड ज्यूका कुरा कसरी पत्याउनु ? मधेसी दललाई पनि सहमतिमा ल्याएर चुनाव गराउने भन्नुहुन्छ । यस्तै पाराले कसरी संभव होला त ?
दिपुकुमार यादव -
देशमा रोजगार नभएर विदेश जानु त हाम्रो बाध्यता हो । तर त्यो प्रक्रिया पनि निकै झन्झटिलो छ, पश्चिम नेपाल र मध्य नेपालका युवालाई लक्षित गरेर कोरियन भाषाको परिक्षा केन्द्र बुटवलमा राखिदिए केही सहज हुनेथियो ।
ओम बहादुर पर्तेल -
बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?
सुनिल कुमार -
मोबाइलमा भएको लोडसेडिङ एप हटाइयो । लोडसेडिङ हटाउन प्रत्यक्ष र अप्रत्य रुपमा भूमिका खेल्ने सबैलाई धेरै धन्यवाद !
प्रेम अर्याल -
नेपालीका लागि न खाडी सुरक्षित छ न त भारत । भारतमा ४ जना नेपालीको माटोको ढिस्कोले पुरिएर ज्यान गयो । कामको खोजीमा विदेशमा नेपालीले ज्यान गुमाउनुपर्ने कहिलेसम्म ?
रामबहादुर गुरुङ -
मेरो घर संखुवासभा नुनढाकी, पहाडको टुप्पोमा छ, न त विजुली छ, नत खानेपानी । सडकको त कुरै नगरौं । तर मेरो घर पनि नगरपालीकामा पर्छ रे । म रोउँ कि हाँसौ ।
लाक्पा शेर्पा -
स्वास्थ्य मन्त्री ज्यू तपाईंले घोषणा गर्नुभएको स्वास्थ्य सेवा नागरिकले लिन पाएका छैनन् । सेवा दिने भन्ने कुरापनि कुरामा नै सिमित छ । बुझ्न खोज्दा पनि राम्रो जानकारी पाइन्न, मन्त्रालयले यसमा ख्याल राख्ने कि ?
तारा पौडेल -
प्रधानमन्त्रीले संविधानमा जनजाति र मधेसीलाई विभेद गरेर समस्या समाधान हुँदैन भन्नु भएछ । प्रधानमन्त्री ज्यू भनि दिनोस न त, कुन कन धारामा क्षेत्री बाहुनले गर्न पाउने र जनजाती र मधेसीले गर्न नपाउने भनेर लेखिएको छ ?
भिम जुबुले राई -
मधेसी नेताले मधेसी नागरिकको लागि आन्दोलन गरिरहेको बताउँछन । तर धेरै नागरिकले उनिहरुको आन्दोलनलाई अनेक शंका गरिरहेका छन् । उनिहरुले कसका लागि आन्दोलन गरिरहेका छन् भन्ने त आगामी चुनावले देखाउला ।
जनक यादी -
प्रधानमन्त्रीलाई संविधान संसोधन गर्न उक्साएर पछी हट्नु मधेसी मोर्चाको कहाँसम्मको राजनैतिक बेइमानी हो ? यसले त यो उहाँहरुको एजेण्डा होइन भन्ने प्रमाणित भएन नी हैन र ? अर्काको एजेण्डा बोक्नेसँग कसरी सहमति हुन्छ त ?
तिलक महतो -
सबैले आ–आफ्नो अडान नछाड्दा सङ्घियता र गणतन्त्र आइसियुमा रहेको बिरामी जस्तै भैसक्यो । यो पाराले कसरी पार लाग्ला र खै ?
तिलक महतो -
माओवादी केन्द्रले नेतृत्व गरेको सरकारको एक सय दिन पुग्यो भनेर मात्र हुँदैन । असुन्तुष्ट दलहरुका उचित माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्नुहोस् । कतिञ्जेल आफनो बोली अकाट्य झैं गरेर बस्ने ?
मैनजार राय यादव -
भारतका राष्ट्रपतिलाई नेपाल बोलाउँदा हामीलाई धर्मशालाको फाइदा भयो । अब ओबामालाई बोलाउनुपर्यो । कतै विद्यालय खोलिदिन्छन कि । हाम्रो भाइबहिनीले स्कूल पढ्न दुइ तीन घण्टा हिँड्नु त पर्दैनथ्यो ।
रोशनकुमार कर्ण -
अतिथी देवो भव नेपालीको मुल मन्त्र हो । नेपालीले यसलाई अंगालेका पनि तर छिमेकी देशका राष्ट्रपती नेपाल आउँदाको स्वागत अनि चाकरीपन धेरै नै भएकोले यति धेरै विरोध भएको हो भन्ने कुरा सरकारले हेक्का राख्नुपर्छ ।
पुर्णचन्द्र लिम्बु
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
डाउनलोड
-
Kayakairan
Download Podcast Archive -
Nepal Darpan
Download Podcast Archive -
Bulbul
Download Podcast Archive -
Sruti Sambeg
Download Podcast Archive
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
सुरज -
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल -
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई